Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पत्रकार महेश केसीलाई प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान

गोपालदास पत्रकारिता पुरस्कार थापा र सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार विद्रोहीलाई
tribeni2

काठमाडौं / प्रेस काउन्सिल नेपालले रुकुमका पत्रकार महेश केसीलाई यस बर्षको प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार प्रदान गरेको छ ।

पत्रकारिता क्षेत्रमार्फत राष्ट्रलाई पु¥याउँदै आएको योगदानको कदर गर्दै प्रेस काउन्सिल नेपालले आफ्नो ५३ औं वार्षिकोत्सवको अवसरमा केसीलाई उक्त पुरस्कार प्रदान गरेको हो । बिहिबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजना गरिएको विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट उक्त पुरस्कार प्रदान गरिएको हो ।

कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार केसी विगत १५ वर्षदेखि निरन्तर पत्रकारिता क्षेत्रमा क्रियाशिल हुनुहुन्छ । उहाँ यसअघि बुटवल टुडे दैनिक, अन्नपूर्ण पोष्ट दैनिक, राजधानी दैनिक, सौर्य दैनिक, समय संवाद साप्ताहिक, जन्तिधारा साप्ताहिक र रेडियो सानीभेरीमा कार्यरत हुनुहुन्थ्यो ।

केसीसँगै यस वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अग्रज पत्रकार हरिबहादुर थापालाई र प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार झापाका अग्रज पत्रकार माधव विद्रोहीलाई प्रदान गरिएको छ । यसैगरी प्रेस काउन्सिल आचारसंहिता पुरस्कार अन्नपूर्ण दैनिक र विरगंजको आवाज एफएमलाई प्रदान गरिएको छ भने प्रेस काउन्सिल सशक्त लेखन पुरस्कार पत्रकारहरु सुरेन्द्र काफ्ले, दिलबहादुर छत्याल, नवराज छत्कुली र बालकृष्ण अधिकारीले पाउनु भएको छ ।

भाषागत पत्रकारिता पुरस्कार टेकराज थामी, क्रियाशील पत्रकारिता पुरस्कार दामोदरप्रसाद दवाडी, एकराज पाठक, मनोज जोशी, सुरेश धामी, विमल योगी, श्यामनाथ कुँवर, भूपराज खड्का, पुस्कर बुढाथोकी, कृष्ण केसी र नकुल अर्यालले पाउनु भएको छ । युवा पत्रकारिता पुरस्कारबाट पत्रकार महेश केसीसँगै प्रदीप परियार, रविन्द्र काफ्ले, शम्भु दङ्गाल, हरिबोल आचार्य, जीवन लामा, टपेन्द्र कार्की, दशरथ घिमिरे, केशर रोका, मकर श्रेष्ठ, खगेन्द्र भण्डारी, डिबी बुढा, राजेन्द्र धामी र हिमा चेम्जोङ पुरस्कृत हुनु भएको छ ।

साहित्यिक पत्रकारिता पुरस्कार मायामितु न्यौपाने, महिला सशक्तिकरण पत्रकारिता पुरस्कार सञ्चिता घिमिरे, सरिताश्री ज्ञवाली, रमा केसी, र शारदा गैरेले पाउनुहुने भएको छ भने समावेशी पत्रकारिता पुरस्कार अजय गोर्खाली, प्रवीणकुमार शर्मा, हेमबहादुर (कमल) राना र सिराज खानलाई प्रदान गरिएको छ । विधागत पत्रकारिता पुरस्कार विजयरत्न तुलाधर, आनन्द श्रेष्ठ, र जीवन पराजुलीलाई, प्रेस काउन्सिल नेपाल वर्षकर्मचारी पुरस्कारबाट वितरण सम्परीक्ष अधिकृत रहमतुल्ला मिया र मिडिया अनुगमनकर्ता लोकराज भट्टलाई प्रदान गरिएको छ ।

यस्तै कर्मचारी प्रोत्साहन पुरस्कार मिडिया अनुगमनकर्ता सम्झना पौडेल र कार्यालय सहयोगी विष्णुप्रसाद न्यौपानेलाई, यस वर्ष २० वर्ष सेवाअवधि पुरा गर्नुभएका हलुका सवारी चालक देवीबहादुर रानालाई दीर्घसेवा पदकबाट सम्मानित गरिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज ६, २०७९  २१:०९
प्रतिक्रिया दिनुहोस्