Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा खेलाडीलाई नगद सहित सम्मान

२०७९ असाेज ८
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले जिल्ला स्तरिय भलिवल विजेता खेलाडीलाई सम्मान गरेको छ । खुल्ला वडा स्तरीय भलिबलमा प्रथम स्थान हाँसिल गर्न सफल सानीभेरी गाउँपालिका ७ को भलिबल टिमलाई गाउँपालिकाले नगद ५० हजार र प्रमाण पत्र सहित सम्मान गरेको हो ।

गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्ट, उपााध्यक्ष कमला रोका पुन लगायतले खेलाडिहरुलाई सम्मान गर्नुभएको हो ।

केहि दिन अगाडि मुसिकोट खलंगाको बराहटाकुरामा संचालित वडा स्तरीय खुला पुरुष भलिबल प्रतियोगितामा जिल्लाका ३० वटा वडालाई पछि पार्दै भलिबलको उपाधि सानीभेरी गाउँपालिका ७ ले जितेका थियो । फाइनल खेलमा वाँफिकोट गाउँपालिका –३, लाई २–० को सोझो सेटले पराजित गर्दै सानीभेरी गाउँपालिका –७, ले उपाधि जितेको थियोे ।

पश्चिम रुकुम भलिबल प्रशिक्षण केन्द्रको आयोजनामा खेलाइएको भलिबल खेलमा सानीभेरी ७ विजेता हुदाँ १ लाख नगद पुरस्कार, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो ।

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  ०८:०९
प्रतिक्रिया दिनुहोस्