Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
सत्यमोहन जोशी

शताब्दी पुरुष जोशीलाई सम्मान

काठमाडौं २२ बैशाख ।
tribeni2

सभामुख कृष्णबहादुर महराले शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीलाई सम्मान गरेका छन् । नेपाल ललितकला पत्रकार समाजले शनिबार नेपाल कला परिषद् काठमाडौंमा आयोजना गरेको विशेष समारोहमा सभामुख महराले जोशीलाई सम्मान गरेका हुन् ।

आयोजक ललितकला पत्रकार समाजले पत्रकारितामार्फत् कलासंस्कृति र इतिहासको क्षेत्रमा विशिष्ट योगदान पु¥याएको भन्दै जोशीलाई ताम्रपत्रसहित सोफाज पत्रकारिता सम्मान गरेको थियो ।

सो अवसरमा सभामुख महराले शताब्दी पुरुष जोशीले कला, संस्कृति र साहित्यका क्षेत्रमा गरेको योगदान, अध्ययन, अनुसन्धानको प्रशंसा गरे ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख महराले कला, संस्कृतिमा आफ्नो समयको इतिहास प्रतिबिम्बित हुने बताए ।

संविधानमा नेपाललाई बहुसाँस्कृतिक, बहुधार्मिक, बहुभाषिक र बहुजातीय भनेर परिभाषित गरेको चर्चा गर्दै सभामुख महराले संविधानमा उल्लेख गरिएको नेपालको सबै विशेषता कलासंस्कृतिमा अभिव्यक्त हने बताए । जातजाति, भाषा, संस्कृति र धर्मको समुच्च रुप कला भएको उनको भनाई थियो ।

पत्रकारिताका विविध आयाममध्ये कला–संस्कृतिसम्बन्धी रिपोर्टिङ निकै कठिन र संवेदनशील रहेको बताउनुभयो । नेपाल कला, संस्कृति र परम्पराका हिसाबले निकै धनी भएको भन्दै सभामुख महराले कला–संस्कृति बिटको पत्रकारितामार्फत् राज्यलाई आकर्षित गर्न जरुरी रहेकोमा जोड दिए ।

जोशीसँगै संस्थाले नारायणबहादुर सिंह ललितकला पत्रकारिता पुरस्कारबाट सविना श्रेष्ठ (सेतोपाटी) र पर्वत पोर्तेल (कान्तिपुर) तथा सोफाज–लक्ष्मीमाया कुमाले स्मृति ललितकला पत्रकारिता पुरस्कारबाट रवि मानन्धर (रेडियो सगरमाथा) लाई पुरस्कृत गरेको हो ।

प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  ०७:०५
प्रतिक्रिया दिनुहोस्