Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणी ८ मा ४२९ जनालाई घुम्ति शिविरमार्फत सेवा प्रदान

२०७९ असाेज ८
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर ८ मा सञ्चालित एकिकृत घुम्ति सेवा शिविरबाट ४२९ जनालाई सेवा दिईएको छ ।

त्रिवेणी गाउँपालिकाले सुरु गरेको घरदैलो सेवा अन्तर्गतको एकिकृत घुम्ती सेवा शिविरबाट शुक्रबार एउटै वडाका ४२९ जनाले सेवा लिएका हुन् ।

वडा अध्यक्ष नन्दराम खड्का अनुसार शिविरमा विभिन्न पाँच वटा योजना सम्झौत गरिएको छ भने छोरी खाताको लागि एक वटा सिफारिस गरिएको छ । त्यसैगरी दुई जनालाई अपाङ्गता परिचय पत्र वितरण, ८५ जनालाई स्वास्थ्य सेवा तथा परामर्श सेवा, ९२ जनालाई पशु सेवा, १४० जनालाई कृषि सेवा तर्फ बीउ वितरण र ३४ जनाको गहुको बीउ मागको निवेदन संकलन गरिएको छ ।

त्यसैगरी शिविर मार्फत ७० जनाको सामाजिक सुरक्षा भत्ताको लागि खाता सञ्चालन गरिएको छ । गाउँपालिकाले सबै वडाहरुमा एकिकृत घुम्ति सेवा शिविर चलाईरहेको छ ।

प्रकाशित मिति: शनिबार, असोज ८, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्