Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चाडवाड नजिकिएसँगै ग्रामीण सडक मर्मत

tribeni2

रुकुमपश्चिम / चाडवाड नजिकिएसँगै रुकुमपश्चिमको आठबिसकोट नगरपालिकाले वर्षाले विगारेका ग्रामीण सडकहरु मर्मत तथा सुचारु गर्न थालेको छ ।

नगरपालिकाले मोटरेबल सडकहरु मर्मत तथा सञ्चालनको लागि ५६ लाख ५० हजार रकम विनियोजन गरेर मर्मतसम्भारको काम सुरु गरेको छ । वडा अनुसार खर्च सिमा तोकर रकम विभाजन गरिएको नगरपालिकाले जनाएको छ ।

आठबीसकोट नगरपालिकाका प्रमुख रबि केसीले चाडवाड समेत नजिक आएकोले बाढी तथा पहिरोका कारण बिग्रेभत्केका सडकहरु मर्मत गर्न थालिएको बताउनुभयो । उहाँका अनुसार कार्यपालिका बैठक बसेर नगरका १४ वटै वडाहरुमा ५६ लाख ५० हजार रकम विनियोजन गरिएको छ । शहर तथा परदेशबाट गाउँ फर्कनेहरुको बेला भएकोले सहजताको लागि सडक मर्मत तथा सुचारु गर्न लागेको केसीले उल्लेख गर्नुभयो ।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहका अनुसार नगर कार्यपालिका बैठकले चालु आर्थिक वर्ष २०७९/०८० को स्विकृत वार्षिक विकास कार्यक्रम अन्तर्गत वडाहरुमा सडक मर्मतको बजेट छुट्याएर काम सुरु गरेको छ । शाहले वडा नम्वर १ मा एक लाख, वडा नम्वर २ मा सात लाख, वडा नम्वर ३ मा ६ लाख वडा नम्वर ४ मा दुई लाख पचास हजार रुपिँया छुट्याएको जानकारी दिनुभयो ।

त्यसैगरी वडा नम्वर ५ मा दुई लाख, ६ मा एक लाख पचास हजार, ७ मा चार लाख, ८ दुई लाख, ९ मा तीन लाख पचास हजार र १० मा पाँच लाख रुपिँया विनियोजन गरिएको छ । वडा नम्वर ११ र १२ मा चार/चार लाख, वडा नम्वर १३ मा आठ लाख र वडा नम्वर १४ मा ६ लाख रुपिँया सडक मर्मत र सञ्चालनका लागि छुट्याईएको छ । बाढी र पहिरोले गरेको क्षति, सडकको अवस्था हेरेर उक्त रकम विनियोजन गरिएको हो ।

विनियोजन गरिएको रकमको सिमा भित्र रहेर खर्च गर्न र सडक मर्मतसम्भार गरेर सुचारु गर्न सम्बन्धित वडा कार्यालयलाई पत्राचार गरिसकेको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १५:०९
प्रतिक्रिया दिनुहोस्