Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

आठबिसकोटमा नापी र मालपोत कार्यालय उद्घाटन

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा नापी र मालपोत कार्यालय उद्घाटन भएको छ । आइतबार एक कार्यक्रमका बिच कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा बिकास मन्त्री रातो कामीले नापी र मालपोत कार्यालय उद्घाटन गर्नुभएको हो।

त्यहाँका नागरिकहरु घरजग्गा लगायतको कारोवार गर्न तथा अन्य कामका लागी जिल्ला सदरमुकाम आउदा सास्ती भोग्नुपरेको गुनासो आउने गर्थे । अव आफ्नै पालिकाबाट सेवा सुविधा पाउने भएपछि नागरिकहरुले खुसि व्यक्त गरेको नगर प्रमुख रवि केसीले बताउनुभयो ।

२०७८ चैत्र १७ गतेको मन्त्रीस्तरीय बैठकले बाँकेको कोहलपुर, डडेल्धुराको जोखबुढा, महत्तरीको गौशाला र रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा शाखा स्थापना गर्ने निर्णय गरेको थियो ।।

प्रकाशित मिति: आइतबार, असोज ९, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्