Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

प्रकाशकीय : मुलपाटी डटकमको गर्विलो सुरुवाती वर्ष

tribeni2

रुकुम पश्चिम / मुलबाटो मिडिया प्रा. लि. द्वारा संचालित मुलपाटी डटकम आजबाट दोस्रो वर्षमा प्रवेश गरेको छ ।

गत वर्ष आजकै दिन अर्थात् नेपालीहरूको महान चाड बिजयादशमीकोे महत्वपूर्ण दिन घटस्थापनाको अवसर पारेर हामीले पाठकमाझ मुलपाटी डटकमको औपचारिक शुभारम्भ गरेका थियौं । यो सुरुवाती वर्ष हाम्रो गर्व गर्न लायक बनेको छ ।

अनलाइनको बजारमा हामीले हाम्रो नियमित उपस्थितिलाई पठनिय, खोजमुलक बनाउने कोशिश गरिरहदा पाठकहरुबाट पाएको साथ, अगाध माया र सद्भावले थप जिम्मेवार बनाएको छ । आवाजविहिनहरूको आवाज, गरिब किसानका कथा, उत्पीडित मजदुर एवं सर्वहाराको व्यथा, भोक, शोक र रोगको कारण आफ्नो जीवनसँग छट्पटाईरहेका मान्छेहरुको दैनिकी उजागर गर्ने हाम्रो उद्देश्य नियमित रहेको छ ।

छोटो अवधिमा पनि हामीले सामाजिक सवालमा दिएको चासोले स्थान पाएको छ । मुलपाटी डटकमले उठाएका कतिपय समस्याहरु समाधान भएका छन । हामीले पाठकहरुबाट थप सुझाव र रचनात्मक सल्लाहको अपेक्षा गरेका छौँ । यो माया र सद्भावलाई बचाई राख्न हामी कटिबद्ध छौ । विशुद्ध पत्रकारिताप्रती हामी प्रतिबद्ध छौ ।

विश्वासनिय र निष्पक्ष पत्रकारिताभन्दा अर्को लक्ष्य र प्रतिवद्धता छैन । दलगत या अन्य कुनै प्रकारका कर्पोरेट स्वार्थलाई हामीले ठाउँ दिएका छैनौं, आगामी दिनमा पनि कुनै ठाउँ दिने छैनौ । यस एक वर्षको अवधिमा हामीले निरन्तर गलतका विरुद्ध र बाटो बिराएकाहरूप्रति खबरदारी गर्याैँ, सत्ता सञ्चालक, कर्मचारी, सार्वजनिक जिम्मेवारीमा रहेकाहरुलाई सामाजिक सवालमा थप जिम्मेवार रहन घचघच्याएका छौं ।

सकारात्मक र कर्मशिलहरुलाई थप उर्जा प्रवाह गरेका छौ । जनतालाई हलपल सुसूचित बनाउने धर्मप्रती अडिक छौ । हामी हाम्रो कर्मप्रति सचेत छौँ । यसकारण पनि हामीले हाम्रो जिम्मेवारी दह्रोसँग आत्मसात् गरेका छौँ, गरिरहनेछौँ ।

एक वर्षको अवधिमा कुनै खालका कसुरहरुमा र मानवअधिकारका आधारभूत मान्यताहरुमा सम्झौता गरेनौँ, भविष्यमा पनि गर्ने छैनौँ ।

यस अवधिमा हामीले जे गर्यौँ, जे लेख्यौ, पाठक र दर्शकले मूल्याङ्कन गर्नुहुनेछ भन्ने अपेक्षा गरेका छौं । तर हामीलाइ यतिमै पुग्यो भनेर बस्ने छुट छैन, बस्ने छैनौं । हरेक खालका सूचना, विचार र बहसलाई निरन्तर सर्वसाधारण समक्ष पुराउन सकियो भने मात्र हामी हाम्रो उद्देश्य र कर्ममा सफल बन्न थालेको ठान्नेछौं ।

मुलपाटी डटकमलाई यहाँहरुले पनि पलपल सहि सूचना दिएर सहयोग गर्नुहुनेछ भन्ने आशा छ ।

अन्त्यमा, हाम्रो सफल सुरुवाती वर्षको यो यात्रामा साथ दिनुहुने समस्त पाठक, दर्शक, विज्ञापनदाता र शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गर्दै निरन्तर सहयोग र सहकार्यको अपेक्षा गरेका छौँ ।

प्रकाशित मिति: सोमबार, असोज १०, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्