Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

डा. शुसिल र केहल विक्रम सम्मानित

tribeni2

रुकुम पश्चिम / जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा दुई डाक्टर सम्मानित हुनुभएको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख तथा हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डा. शुसिल पोख्ररेल र स्त्री रोग विशेषज्ञ डा. केहल विक्रम भिसी सम्मानित हुनुुभएको हो ।

राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मि संगठन रुकुम पश्चिमले उहाँलाई सम्मान गरेको हो । सोमबार शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेर उहाँलाई सम्मान गरेको राष्ट्रिय प्रगतिशिल स्वास्थ्यकर्मि संगठन रुकुम पश्चिमका अध्यक्ष डिल्लीराज बोहोराले बताउनुभयो ।

संगठनका अध्यक्ष डिल्लीराज बोहोराको अध्यक्षता रहेको कार्यक्रममा नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य राजकुमार शर्माको प्रमुख आतिथ्यता रहेको थियो भने प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेको विशेष आतिथ्यता रहेको थियो । यस्तै कार्यक्रममा संगठनका केन्द्रिय सचिव ईश्वर रावलको पनि आतिथ्यता रहेको थियो ।

कार्यक्रमको सन्चालन संगठनका उपाध्यक्ष राम बहादुर सुनारले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्