Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सार्वजनिक सेवा समर्पण विमोचन

२०७९ असोज ११
tribeni2

रुकुम पूर्व / कर्मचारी मिलन केन्द्र रुकुम(पूर्व)ले प्रकाशन गरेको सार्वजनिक सेवा समर्पण नामक मुखपत्र विमोचन गरिएको छ । जिल्लास्थित सम्पुर्ण सरकारी कार्यालयको सेवा प्रवाहको बारेमा जानकारी गराउने उदेश्यले निकालिदै आएको मुखपत्रको दोस्रो अङ्क सोमबार बिमोचन गरिएको हो ।

जिल्लामा कर्मचारी मिलन केन्द्र गठन भएपश्चात २०७७ सालमा मुखपत्रको पहिलो अङ्क निकालिएको थियो । यस वर्ष मिलन केन्द्रले मुखपत्रको दोस्रो अंक निकालेको हो ।

यस मुख पत्रको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले विमोचन गर्नुभएको हो । मिलन केन्द्रले सोमबार भुमे गाउपालिकाको वडाको रानीवनमा आयोजना गरेको वनभोज तथा दशैंको शुभकामना आदानप्रदान कार्यक्रमको अवसर पारि मुखपत्र पनि विमोचन गरिएको हो ।

जिल्लाको पहिचान झल्कने कुराहरूसँगै जिल्लास्थित सम्पुर्ण कार्यालयको सेवा प्रवाहका साथै सन्देशमुलक लेख रचनाहरु पनि यस अङ्कमा समावेश गरिएका छन् ।

मुखपत्र बिमोचन कार्यक्रम मा बोल्दै मिलन केन्द्रका संरक्षक समेत रहनुभएका प्रमुख जिल्ला अधिकारी सुनुवारले मुखपत्रमा उल्लेख गरिएका विभिन्न लेख रचना का साथै अन्य सरकारी कार्यालय का गतिविधि तथा सेवाप्रवाह हरु प्रती नागरिक हरु यसै पुस्तक मार्फत जानकार हुन सक्ने बताउनु भयो ।

कर्मचारी मिलन केन्द्रका अध्यक्ष एवम् अनुसन्धानका डिएसपी संजिव चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सुनुवारको प्रमुख आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रुकुम९पूर्व० का प्रहरी नायव उपरिक्षक प्रकाश डाँगी र सशस्त्र प्रहरी बलका डिएसपी रविन्द्र श्रेष्ठको विशेष आतीथ्यता रहेको थियो । कार्यक्रममा जिल्लास्थित सम्पूर्ण सरकारी कार्यालय, गाउँपालिकाका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

भूमे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चन्द्रसिंह श्रेष्ठको स्वागत मन्तव्य रहको कार्यक्रमको सञ्चालन कर्मचारी मिलन केन्द्रका उपाध्यक्ष एवम् एकीकृत कृषि तथा पशुपन्छि विकास कार्यालयका प्रमुख पिताम्बर बस्नेतले गर्नुभएको थियो ।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १३:०९
प्रतिक्रिया दिनुहोस्