Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

अमेरिका जान हिँडेका विनोद सधैंका लागी भारतमै अस्ताए

tribeni2

दाङ / अमेरिका जान भनि हिँडेका दाङका एक युवकको भारतमा मृत्यु भएको छ। एक महिना पहिले अमेरिका जाने भनेर घरबाट हिँडेका दंगीशरण गाउँपालिका वडा नं. ६ राजपुरका २६ वर्षीय विनोद साहुको दिल्लीमा मृत्यु भएको छ ।

बिनादका आफन्तले बिनोदको डेंगीका कारण सोमबार बिहान मृत्यु भएको बताएका छन । करिब एक महिना पहिला विनोद गैरकानुनी रूपमा अमेरिका जान भनेर घरबाट हिँडेका थिए।

बिनोदलाई अमेरिका पठाउन हालसम्म ४० देखि ४५ लाख खर्च भइसकेको उनको परिवारले बताएका छन ।

त्यसरी अमेरिका सपना पछ्याउँदै जानेहरूबाट मानव तस्करले ४५ देखि ७५ लाखसम्म असुल्ने गरेका छन्। गैरकानुनी रूपमा त्यसरी जाने युवायुवतीमध्ये कतिपयको विभिन्न कारणले बाटोमै मृत्यु हुने गरेका खबर बेला बखत सार्वजनिक भइरहन्छन्।

प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १४:०९
प्रतिक्रिया दिनुहोस्