Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

११ औं स्यार्पू पर्यटन मेला उद्घाटन

tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा ११ औं स्यार्पू पर्यटन मेला उद्घाटन भएको छ ।

मंगलबार एक कार्यक्रमका बिच कर्णाली प्रदेश प्रमुख तिलक परियारले ११ औं स्यार्पू पर्यटन मेला उद्घाटन गरेको स्यार्पू युवा तथा खेलकुद विकास समितिका अध्यक्ष सन्देश कुमार केसीले जानकारी दिनुभयो ।

उद्घाटन समारोहमा बोल्दै प्रदेश प्रमुख परियारले स्यार्पू ताल बाँफिकोट गाउँपालिकाको मात्रै नभएर कर्णाली प्रदेशको नै महत्वपूर्ण पर्यटन स्थल रहेको बताउनुभयो । यस्तै सवै राजनीतिक दलहरु एक भएर स्यार्पू ताललाई झन माथी उठाउन तत्पर रहनुपर्ने पनि उहाँले उल्लेख गर्नुभयो ।

स्यार्पू युवा तथा खेलकुद विकास समिति बाँफिकोट गाउँपालिकाको आयोजना सन्चालन भएको उक्त पर्यटन मेलाको उद्घाटन समारोहमा कर्णाली प्रदेशका जलस्रोत तथा उर्जा बिकास मन्त्री रातो कामीको विशेष आतिथ्यता रहेको थियो । यस्तै उद्घाटन समारोहमा आठबिसकोट नगरपालिकाका प्रमुख रवि केसी, बाँफिकोट गाउँपालिकाका अध्यक्ष जनककुमार बाँठा मगर उपाध्यक्ष तारा बुढा केसी लगायतको आतिथ्यता रहेको थियो ।

स्यार्पू पर्यटन मेला आज असोज ११ गते देखि असोज १५ गते सम्म पाँच दिन चल्ने छ । यो अवधिमा विभिन्न कार्यक्रमहरु सन्चालन हुने स्यार्पू युवा तथा खेलकुद विकास समितिले बताएको छ ।

मेलामा पुरुष भलिवल, महिला भलिवल, खुल्ला पुरुष, महिला ब्याटमिन्टन, पौडी रेस, रस्साकस्सी, लोक दोहोरी, भाले तान्ने र छेलो हान्ने जस्ता कार्यक्रम हुन लागेको स्यार्पू युवा तथा खेलकुद विकास समितिका सचिव लाल बहादुर केसीले बताउनुभयो ।



प्रकाशित मिति: मंगलबार, असोज ११, २०७९  १६:०९
प्रतिक्रिया दिनुहोस्