Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा जीप दुर्घटना, ८ जनाको घटनास्थलमै मृत्यु, एक जना गम्भिर घाईते

२०७९ असाेज १२
tribeni2

सल्यान / बुधबार बिहान सल्यानमा जीप दुर्घटना हुँदा आठजनाको मुत्यु भएको छ ।

रा १ ज ५६३ नम्वर जीप विहान ३ः३० बजे कपुरकोट गाउँपालिका ३ मुलपानी स्थित राप्ति राजमार्गमा नेपालगञ्जबाट सल्यानको रिम तफै जाँदै गर्दा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी आठ जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सल्यानका डिएसपी दामोदर केसीले बताउनुभयो ।

मृत्यु हुनेमा सल्यानको कपुरकोट गाउँपालिका ६ का २१ बर्षिय जितबहादुर बोहरा, ३७ बर्षिय धर्मा ओली, ४० बर्षिय टोपबहादुर ओली, ११ बर्षिय वसन्त ओली, ३० वर्षिय सुरेश खत्री रहेका छन् । त्यसैगरी सोहि ठाउँका ७० बर्षिय खुमलाल ओली, ५५ वर्षिया कुमारी ओली र ३५ बर्षिय ललित ओलीको पनि घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा परी मुत्यु हुने सबैजना कपुरकोट गाउापालिका ६ का स्थानीय रहेका छन् ।

घाइते कपुरकोट गाउँपालिका ६ का ३५ वर्षका तिलक ओलीको प्रादेशिक अस्पताल दांगमा उपचार भैरहेको छ । उहाँको अवस्था गम्भिर रहको बताईएको छ ।

जीप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीको भनाई छ । जीपमा नौ जना सवार रहेका थिए ।

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  ०७:०९
प्रतिक्रिया दिनुहोस्