Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

त्रिवेणीमा १६ सय ५० जनालाई घुम्ती शिविर मार्फत सेवा

२०७९ असाेज १२
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाले सञ्चालन गरेको घुम्ती शिविर मार्फत त्रिवेणीमा १६ सय ५० जनाले सेवा लिएका छन् ।

त्रिवेणी गाउँपालिकाले आयोजना गरेको उक्त शिविरमा एक हप्तामा ७ वटा वडामा सञ्चालन भएको घुम्ती शिविर मार्फत १६ सय ५० जनाले सेवा लिएका हुन् । ३, ६, ७, ८, ९, १० र ४ नम्बर वडामा घुम्ती शिविर सञ्चालन गरिसकेको र बाकी ३ वटा वडामा असोज १५ गते सम्म शिविर सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

प्रत्येक वडा कार्यालयमा गाउँपालिका सहितको टोली पुगेर घुम्ती शिविर मार्फत स्थानीयलाई सेवा दिईरहेको प्रमुख प्रशासकीय अधिकृत प्रेमबहादुर घर्तीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविर मार्फत वडा नम्बर ३ मा २ सय ८५, वडा नम्बर ६ र ७ मा समान ३ सय २ ,८ नम्बर वडामा ३ सय ५९ जनाले शिविरबाट सेवा लिएका छन् ।

त्यस्तै ९ नम्बर वडामा ३ सय ६८, १० नम्बर वडामा ३७ र ४ नम्बर वडा ५ सय ५० जनाले घुम्ती शिविर मार्फत सेवा लिएका छन् ।

घुम्ती शिविर मार्फत योजना सम्झौता, स्वास्थ्य सेवा तथा परामर्श, पशु रोग सम्वन्धी औषधि वितरण, कृषि सेवा तर्फ बीउ वितरणका सेवा प्रदान गरिएको छ । त्यस्तै अपांग परिचय पत्र, व्यवसाय दर्ता तथा नविकरण, गहुँको बीउ माग, कृर्षि सामाग्री माग, छोरीको खाता सञ्चालन लगाएका सेवा शिविर मार्फत प्रदान गरिएकोे हो । शिविर अन्तरर्गत कृषि सेवा तर्फ ७ सय ३९ जना किसानलाई मुला र भाजी सागको बीउ एक एक पाकेट निशुल्क वितरण गरिएको छ ।

त्यस्तै शिविरमा १ सय ८३ जना किसानले ५० प्रतिशत अनुदान रकममा गहुँको बीउ माग गरेको पनि प्रमुख प्रशासकीय अधिकृत घर्तीले जाकारी दिनुभयो । गाउँपालिकाले असोज ५ गतेदेखि १५ गतेसम्म वडा स्तरमै नागरिकलाई सेवा दिने उदेश्यले घुम्ती शिविर सञ्चालन गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज १२, २०७९  १२:०९
प्रतिक्रिया दिनुहोस्