Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यान जीप दुर्घटना : चालक निदाएपछि दुर्घटना भएको घाइतेको भनाइ

२०७९ असाेज १३
tribeni2

काेहलपुर / सल्यानको मूलपानीमा जीप दुर्घटनाका घाइते तिलक ओलीको  अहिले कोहलपुर मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ। सो दुर्घटनामा परेर एक बालकसहित ८ जनाको मृत्यु भएको थियो। 

दुर्घटनामा परेर गम्भीर घाइते सल्यान कपुरकोट गाउँपालिका ६ जलवाङका ३५ वर्षीय ओलीले चालक निदाउँदा दुर्घटना भएको बताउनुभएको छ। शरीरका धेरै भागमा गम्भीर चोट लागेर घाइते हुनुभएका उहाँले चालक निदाएपछि दुर्घटना भएको बताउनुभएको छ। 

उहाँले दुर्घटनापछि आफूले नै भतिजोलाई फोन गरेर दुर्घटनाको जानकारी दिएपनि ठ्याक्कै ठाउँ बताउन नसक्दा समयमा उद्धार हुन नसकेको उहाँको भनाइ छ। 

दाङको तुलसीपुरस्थित गोटीखोला प्रहरी चौकीमा राति १२ बजे इन्ट्री गरेर सल्यानतर्फ हिँडेको उहाँहरू सवार रा १ ज ५६३ नम्बरको डबल क्याप सो जीप सल्यानको कपुरकोट गाउँपालिका वडा नम्बर ३ मुलपानीमा राति करिब दुई बजेको आसपासमा दुर्घटनामा परेको थियो। 

दुर्घटनाको खबरले ढकेरीमा रहनु भएका खड्का परिवार शोकमा डुबेको छ। कल्पनै नगरेको घटना भएको उहाँहरूको भनाइ छ।  

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  ०९:०९
प्रतिक्रिया दिनुहोस्