Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

ग्रामीण सडक मर्मत गर्दै सानीभेरी

२०७९ असाेज १३
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले वर्षाको कारण बिग्रेका ग्रामीण सडकहरु मर्मत गर्न थालेको छ ।

गाउँपालिकाको असोज ५ गतेको निर्णय अनुसार विभिन्न वडामा रहेका सडक मर्मत सम्भारको काम सुरु भएको हो । गाउँपालिकाको वडा नम्वर ११ ले वडा क्षेत्र भित्र रहेका सबै सडक मर्मत गरेर सुचारु समेत गरिसकेको जनाएको छ ।

वडा नम्वर १० ले पनि बर्षातका कारण बिग्रेका सडकहरु दुई,तीन दिनमा मर्मत गसरसक्ने जनाएको छ । वडा सचिव पूर्णबहादुर डाँगीले सडक मर्मत गरेर सुचारु गराउनको लागि काम भैरहेको जानकारी दिनुभयो ।

त्यसैगरी वडा नम्वर ८ ले पनि भोलि शुक्रबारसम्म वडा क्षेत्र भित्र रहेका सडकहरु मर्मत गरिसक्ने जनाएको छ । वडा अध्यक्ष प्रेमबहादुर विकले वर्षाको कारण अवरुद्ध रहेका सडक खुलाउन मर्मतसम्भारको काम भैरहेको बताउनुभयो ।

प्रकाशित मिति: बिहीबार, असोज १३, २०७९  १०:०९
प्रतिक्रिया दिनुहोस्