Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दशैले जोड्ने मेरो जन्मभुमीसँगको साइनो

२०७९ असाेज १४
tribeni2
  • केशव प्रसाद ओली

दशैँ आँउदा छुट्टै उमङ्ग हुन्छ। मनमा अनेकन रमाइला छटाहरु फुट्छन । गाउँघर यत्तिकै पनि सजिएका हुन्छन । यस्तै माहोल बन्दै छ। दशै सुरु भएको छ । बारीमा लहलह धान झुलिसकेको छ। मकै पाकिसकेको छ। मखमली फुल्दै छ। सयपत्रीले मलाइ अनि भाइटीकालाई कुरिरहेको छ । किसानलाई खेति भित्र्याउन चटारो छ । हामीलाई यता घर जान हतारो छ। मनमा हजारौ खुसि बोकी प्रदेशमा गएका नेपाली पनि भित्रदै छन् । आमाको सपना, परिवारको सपना र देशको सपनालाई साकार पार्न कयौ नेपाली दाजुभाइ दिदिबहिनि दशैमा पनि घर आउन नपाइ दुःखी होलान । भन्दै होलान्, केही बर्ष पर्ख खुसी लिएर आउनेछु ..... ।

नेपालीको ठुलो चाड बडादशै

हाम्रो महान पर्व दशैलाई हर्ष उल्लासका साथ मनाइन्छ। पारिवारीक जमघट हुने, दुख सुखका कुरा गर्ने, तास खेल्ने सेलरोटी पकाउने, मिठोमिठो परिकार पकाउने र खाने गरिन्छ। नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक देश हो यहाँ जाती अनुसार फरक फरक धर्म र आआफ्नै सँस्कृति छ । पारिवारीक स्तर अनुसार आ-आफ्नै तौरतरिकाले दशै मनाउने गर्दछन्। तर दशैको खुसी र रमाइलो आआफ्नै हुन्छ, तुलना गर्न मिल्दैन । अलिक धनी मानिनेहरुको भने आफ्नै पारा देखिन्छ । टक्क गाडी लिएर आउछन्, कुरा छाट्छन । अनि सबैले अनोठौ मानेर सुन्छन ।

अर्का हुन्छन राजनीतिक गफ छाट्न बाहेक अरु केही नआउने । चाँहे सानो बच्चा साथमा किन नहोस्, कुरा गर्न थालिहाल्छन् । काठमान्डौबाट आएको भन्नै हुदैन । आफु नै मन्त्री भएको झै कुरा गर्छन् । जुनसुकै राजनीतिक पार्टीले के के नै साधेको जस्तो ।

बरु नजिकको सरकार, स्थानीय सरकारसँग पहुँच बढाएर सरकारलाई खबरदारी गरुन् जसले गर्दा उत्तरदायी र जनमैत्री सरकार बन्न मदत्त पुग्नेछ ।आफ्नो विचार र मन मिल्ने पार्टी सरकारमा नभए सहयोग नगर्ने खेदो मात्र खन्ने प्रवृतिले नै हामी आफै हर कुरामा पछाडी परेका छौ ।

मेरो दशै

दशैको लागि नयाँ नयाँ कपडाहरु सपिङ गर्ने काम सुरु भइसकेको छ । सानो छदा दशैमा नयाँ कपडा लाउन पाउँदा छुट्टै खुसी हुन्थ्यो मन । कपडा लाएर गाउँघर हिनिन्थ्यो, यसले नयाँ कपडा लाएछ, कस्ले किनिदियो ? भनेर सबैले सोध्ने गर्थे । साथीहरुसँग त झन सानै फरक हुन्थ्यो । फुर्तिका साथ हिनिन्थ्यो । तेरो भन्दा त मेरो कति राम्रो तैले यो लगाको छैनस् मैले लगाएको छु .....यस्तै यस्तै ।

किनमेल गर्न टाढाको बाटो हिनेर बजार गइन्थ्यो । त्यहाँ प्राय सबै पसलेहरुले चिन्थे । दुइ चार वटा पसल न हुन्थे । काठमान्डौबाट घर जान अग्रिम टिकट काटीन्थ्यो, धौ धौ पाउथ्यो । मनमा अनेक खुसी लिएर घरमा गइन्थ्यो । भख्खर काठमान्डौबाट गएको केटो, सामान किनेर भारी बोकेर लिन लाजै लाउथ्यो । त्यसैले रात पारिन्थ्यो अनी सामान बोकेर हिनिन्थ्यो । उकालो बाटो जेनतेन घरमा पुगिन्थ्यो ।

दशै आएको एकप्रकारको खुसी भएपनि दशैको अरु दिन खासै रमाइलो हुदैन्थ्यो । नजिकैको बजारमा अलिक चहपहल हुन्थ्यो त्यही गएर दिन विताइन्थ्यो ।नाँचगान हुन्थ्यो ,यो समुहको नाँच, यो क्लवको नाँच, मयुर नाँच देख्न पाइन्थ्यो । दशैको दुई हप्ता देखि विभिन्न कार्यक्रमकहरुको त लहरै चल्थ्यो । कहाँ कहाँ भाग लिनु मुस्किलै पर्थ्यो । भाग लिएसि स्थान आइहाल्थ्यो । प्राय हाजिरिजवाफमा भने छुट्याइदैनथ्यो किनकी यो सैखको विषय थियो ।

रामनवमीका दिन बोका काट्थे । मासु मजैले खाइन्थ्यो । बिजयादशमीका दिन टिका लाइन्थ्यो । सबैले थोरै थोरै दक्षिणा दिन्थे । जम्मा गरेर राखिन्थ्यो । त्यही दिन नाँचगान हुन्थ्यो । महिनौसम्म खानेकुरा सकिदैनथ्यो । लेकतिर लिएर रमाउदै खाइन्थ्यो ।

तर अहिले, दशै आएपनि गाउँघर जान त्यति धेरै मन छैन । बालापनको झै रमाइलो छैन । उहिलेसँगै नाँच्नै पिङ खेल्ने साथी कहाँ छन्, कहाँ ? यही चाडवाडमा जमघट हुने हामीहरु अचेल भेट हुन सक्दैनौ। म सधै दशैमा रमाउने बजार नत अहिले म चिन्छु ,नत मलाई उसले नै चिन्छ । ठुलाठुला घर भिरमा ठडीएका छन । गम्मक बस्ति छ । मैले सधै किनमेल गर्ने पसल सम्झनामा मात्र छ । मंहगीले आकास छोएको छ । तर पनि लाग्छ गरिव कोही छैन। उहीले बजार जाँदा म सँग चप्पल माग्ने साथी, अहिले गाडी लिएर जान्छ।

गाउँतिर गएपछि मलाई सोधिने प्रश्नहरु छन् । विहे कहिले गर्छस ? जग्गा कहाँ किनिस ? पल्लो घरको शेरेले अमेरिकाबाट यति पठाइसक्यो । रामे जापान गइसक्यो ।
उहाँहरुलाई के थाहा, दैनिक अमेरिका र जापान जानेहरुलाई मैले लाइक र कमेन्टमा बधाई हान्दै बसेको ।

झारा टारे जस्तै हुँदैछ दशै । मुस्किलले टिकाको दिन पुग्यो, हतार हतार टिका लायो, शहर फर्क्यो। आफ्नो काममा फर्क्यो, दिनचर्यामा फर्क्यो । तर पनि दशैको टिकाले मलाई मेरो घरसँग जोड्छ । मेरो आत्मियता जन्मभुमीसँग जोड्छ।

त्यसैले मेरो लागि दशै पर्व मात्र होइन प्रत्येक वर्षमा आउने मेरो मातृभुमीसँगको साइनो हो । रत मलाई सधै दशैमा बोलाइराख्छ। सबै सबैमा दशैको शुभकामना।

- त्रिवेणी गाउँपालिका ७, रुकुम पश्चिम

 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्