Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

इजाजत प्राप्त हतियार बुझाउन प्रशासनको आग्रह

२०७९ असाेज १४
tribeni2

रुकुम पश्चिम / जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले इजाजत प्राप्त हतियार स्थानीय प्रशासनलाई बुझाउन अनुरोध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी परमानन्द घिमिरेले एक सूचना जारी गर्दै को निर्वाचनलाई भरपर्दो एवं विश्वसनीय बनाउन जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गर्नुभएको हो ।

यही कार्तिक ५ गतेसम्म नजिकको प्रहरी इकाइमा हातहतियार बुझाउन अनुरोध गरिएको हो । प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचनपछि फिर्ता हुने गरी हतियार बुझाउन अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी घिमिरेले जानकारी दिनुभयो ।

 

प्रकाशित मिति: शुक्रबार, असोज १४, २०७९  ११:०९
प्रतिक्रिया दिनुहोस्