Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा आपतकालिन कार्य सञ्चालन केन्द्र स्थापना

२०७९ असाेज १५
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वमा जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र (डिइओसी) को स्थापना गरिएको छ । जिल्ला प्रशासन कार्यालय, रुकुमकोटको परिसरमा केन्द्र स्थापना गरिएको हो ।

सम्भावित विपद् तथा प्रकोपहरुको जोखिम कम गर्न र प्रतिकार्य तथा उद्धारमा सहजताको लागि डिइओसी सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले जानकारी दिनुभयो । जिल्लाको कुनै पनि स्थानमा विपद्को घटना पश्चात् जिल्ला, स्थानीय तथा राष्ट्रिय सरोकारवालाहरुको बीच प्रभावकारी समन्वय कायम गरि विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउनु केन्द्र स्थापनाको उद्देश्य रहेको प्रजिअ सुनुवारले बताउनुभयो ।

डिइओसीमा जिल्लामा बाढी, पहिरो, आगलागी, महामारी, खडेरी, चट्याङ जस्ता नियमित प्रकृतिका प्राकृतिक तथा मानव निर्मित प्रकोप तथा भुकम्प जस्ता सम्भावित विपद् र यसको जोखिमको अवस्था संकलन हुनेछ । यसका साथै सम्बन्धित निकायहरु र साझेदार संस्थाहरुले विपद् प्रतिकार्य तथा उद्धारका लागि प्रभावकारी कार्य गर्न यसले सघाउ पु¥याउने विश्वास लिएको जिल्ला समन्वय प्रमुख मेघबहादुर श्रेष्ठले बताउनुभयो ।

जिल्लामा भएका विपद्का घटनाहरुको सुचना सकंलन र विश्लेषण गरि जिल्लास्थित सरोकारवाला र केन्द्रलाई उपलब्ध गराउन जिल्ला आपतकालीन केन्द्रले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास रहेको प्रमख श्रेष्ठले उल्लेख गर्नुभयो ।

डिइओसीले राष्ट्रीय आपतकालिन कार्य सञ्चालन केन्द्र, केन्द्रिय विपद् व्यवस्थापन उद्धार समिति र गृह मन्त्रालयको निर्णय अनुसार खोज उद्धार तथा मानविय सहायता लागि समन्वय गर्ने जनाईएको छ ।

 

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ०९:१०
प्रतिक्रिया दिनुहोस्