Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यानमा जीप दुर्घटना, २ जनाको मृत्यु

२०७९ असाेज १५
tribeni2
  • इन्द्र बुढाथोकी

सल्यान / शनिबार बिहान सल्यानको जिमालीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्युु भएको छ ।

आज बिहान कुमाख गाउँपालिका वडा नम्वर ७ जिमाली पातिहाल्न चिसापानीमा रा १ ज ५९८ नम्बरको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

मृत्युु हुनेमा सोही वडाको डुमकोट निवासी अन्दाजी ३९ बर्षिय मान वहादुर पुन र १४ बर्षिया एनका पुन रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनामा परि दर्जनभन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये केहिको अवस्था गम्भीर रहेको छ । घटनास्थलमा प्रहरी चौकी चोरपानी र इलाका प्रहरी कार्यालय थारमारेबाट प्रहरी टोली पुगेको बताईएको छ ।

गाडी खैराबाङ दर्शनका लागि रिजर्भमा आउन लागेको बुझिएको छ । उकालोमा ब्याक गर्ने क्रममा जीप पल्टिएर सडकभन्दा १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  ०९:१०
प्रतिक्रिया दिनुहोस्