Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सल्यान जीप दुर्घटना अपडेट : २ जनाको घटनास्थलमै मृत्यु, १७ जना घाइते

२०७९ असाेज १५
tribeni2
  • इन्द्र बुढाथोकी

सल्यान / सल्यानको कुमाख गाउँपालिका ६ जिमालीमा भएको जीप दुर्घटना परेर दुई जनाको घटनास्थलमै मृत्युु भएको छ भने १७ जना घाईते भएका छन् ।

शनिबार बिहान रा १ ज ५९८ नम्बरको जीप दुर्घटना भएको हो । दुर्घटनामा परेर सोही वडाको अन्दाजी ३९ बर्षिय मान वहादुर पुन र १४ बर्षिया एनका पुनको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार दुर्घटनामा परेर १७ जना घाईते भएका छन् । घाईतेहुनेहरुमा जीप चालक कुमाख गाउँपालिका ३ का २३ बर्षिय अर्जुन मगर, सोहि गाउँपालिका वडा नम्वर ७ का १५ बर्षिय तिलक गोसाई, सोहि वडाका ४९ बर्षिय गंग बहादुर पुन, ३३ बर्षिया अनिता पुन, ६ बर्षिय जीवन पुन, २० बर्षिया झुपा पुन , २६ बर्षिया शुसिला पुन, वडा नम्वर ३ की ४१ बर्षिया दन्नी ओली, वडा नम्वर ७ निवासी २ बर्षिय सन्देश पुन र वडा नम्वर ३ निवासी १९ बर्षिया रुपा रावत ओली रहनुभएको छ ।

त्यसैगरी दुर्घटनामा परेर कुमाख गाउँपालिका ३ का २० बर्षिय लोकेन्द्र ओली, वडा नम्वर ७ डुमकोट बस्ने १६ बर्षिय हेमराज पुन, वडा नम्वर ७ जिमाली बस्ने १३ बर्षिया प्रतिभा पुन, १५ बर्षिय भरत बुढा मगर, ३६ बर्षिया भुमि पुन, २४ बर्षिया सुनिता बोहरा पुन मगर र उहाँकी ६ महिनाको छोरी पनि घाईते हुनुभएको छ ।

घाईते मध्य सुनिता बोहराको अवस्था गम्भिर रहेको बताईएको छ । घाईतेहरुको थारमारे सल्यान स्थित सहज पोलिक्लिनिक र जनप्रिय पोलिक्लिनिकमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

जीप खैराबाङ दर्शनका लागि रिजर्भमा आउन लागेको बुझिएको छ । उकालोमा ब्याक गर्ने क्रममा जीप पल्टिएर सडकभन्दा १०० मिटर तल खसेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज १५, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्