Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सानीभेरीमा सस्तो पसल सञ्चालन

२०७९ असाेज १६
tribeni2

रुकुम पश्चिम / रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले सुपथ मूल्यमा सहकारी (सस्तो) पसल संचालनमा ल्याएको छ । गाउँपालिकाले दशैंको अवसर पारेर वडा नम्वर –२ को गिठाकोट बजारमा र वडा नम्वर –८ को सिम्ली बजारमा सस्तो पसल संचालन गरेको हो ।

बढ्दो मूल्यवृद्धिले महंगीको मारमा परेका उपभोक्तालाई राहत दिलाउन स्थानीय सरकारले सस्तो पसल संचालनमा ल्याएको जनाएको छ । गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले २० लाख रुपिँयाको लगानी लगानीमा दुई ठाउँमा दैनिक उपभोग्य सामाग्रीहरुको सस्तो दरमा विक्री वितरण सुरुवात गरेको बताउनुभयो ।

अध्यक्ष बिर्खबहादुर विष्टले आफुले पदभार ग्रहण गर्दा गरेको चार वटा निर्णय मध्यको एक महत्वपूर्ण निर्णय सस्तो पसल संचालन गर्ने रहेकोले चाडवाडको बेलामा उक्त निर्णय कार्यान्वयनमा ल्याएको बताउनुभयो । उहाँले चालु आर्थिक वर्षमा गाउँपालिकाबाट ३५ लख बजेट विनियोजन गरेको जानकारी दिनुहुँदै केहि समयछि गाउँपालिकाको वडा नम्वर १० र ११ अर्मा र वडा नम्वर –६ दुलीमा पनि सस्तो पसल सञ्चालन गरिने बताउनुभयो । पसलको प्रभावकारीता हेरेर आगामी आर्थिक वर्षबाट सबै वडाहरुमा संचालन गरिने समेत अध्यक्ष विष्टले उल्लेख गर्नुभयो ।

गाउँपालिका उपाध्यक्ष कमला रोका पुनले गाउँपालिकावासीलाई सहुलियत दरमा दैनिक उपभोग्य सामाग्री पुर्याउन सस्तो पसल सञ्चालन गरिएको बताउनुभयो । सस्तो पसलबाट बजार भन्दा सस्तो दरमा सर्वसाधारणले दैनिकि उपाभोग्य वस्तुहरु दाल, चामल, नुन, तेल, पिठो, बेसार लगायतका सामान पाउनेछन् । उपााध्यक्ष रोकाले वडा नम्वर १, २ र ४ को लागि गिठाकोटमा, वडा नम्वर ३, ७, ८ र ९ को लागि सिम्लीमा, वडा नं ५ र ६ को लागि दुलीमा र वडा नं १० र ११ को लागि अर्मामा पसल संचालन गर्ने निर्णय अनुसार पहिलोपटक दुई ठाउँमा सस्तो पसल उद्घाटन गरिएको बताउनुभयो ।

गाउँपालिकाले पसल सञ्चालनको जिम्मा सानीभेरी जनप्रवाह कृषि सहकारीलाई दिएको छ । सस्तो पसलको नियमित अनुगमन तथा मूल्याङ्कन भने सानीभेरी गाउँपालिकाबाटै गरिने गाउँपालिका उपाध्यक्ष रोकाले जानकारी दिनु भयो ।

चाडबाडको बेला सस्तो पसल संचालनमा आउँदा उपभोक्ताहरु पनि खुसी भएका छन् । पसलमा दैनिक रुपमा मूल्यसूची राखेर उपभोग्य सामाग्री विक्री वितरण गरिने र उपभोक्ताले उत्पादन गरेको वस्तूहरु पनि खरिद विक्री गर्ने गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, असोज १६, २०७९  ०६:१०
प्रतिक्रिया दिनुहोस्