Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दशै तिहारको अवसरमा आयोजित विविध खेलकुद तथा नृत्य प्रतियोगिता सम्पन्न

२०७९ असाेज १७
tribeni2

रुकुम पश्चिम / मुसिकोट नगरपालिका वडा नम्वर ६ को कार्यालयले आयोजना गरेको विविध खेलकुद तथा स्थानीय नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

बिजया दशमी तथा शुभ दिपावलीको पावन अबसरमा वडा कार्यालयले आयोजना गरेको उक्त कार्यक्रम आईतबार सम्पन्न भएको हो । वडा अध्यक्ष भालु मल्लका अनुसार आयोजित हाइजम्प प्रतियोगितामा निरज केसीले प्रथम स्थान प्राप्त गर्नुभएको छ भने समीर केसी र अनिल केसीले क्रमश दोश्रो र तेस्रो स्थान प्राप्त गर्नुभएको छ ।

त्यसैगरी लमजम्प खेल प्रतियोगितामा निरज केसी प्रथम, महेन्द्र केसी दोश्रो र लक्ष्मण भण्डारी तेस्रो स्थान ल्याउनुभएको छ । सटफुट प्रतियोगितामा बलबहादुर पुन प्रथम हुनुभएको छ भने निरज केसी दोश्रो र उमेश केसीले तेस्रो स्थान हाँसिल गर्नुभएको छ ।

रस्साकस्सी प्रतियोगितामा दबाङ टोल प्रथम भएको वडा कार्यालयले जनाएको छ । घैटोफोर प्रतियोगितामा निरज केसी सफल हुनुभएको छ । महिला तर्फके स्थानी लोक नुत्य प्रतियोगितामा सीर्जना केसीको समूह प्रथम, गीता शाहको समुह दोश्रो र सम्झना केसीको समुह तेस्रो स्थान प्राप्त गर्न सफल भएको छ ।

पुरुष तर्फको स्थानीइ लोक नृत्य प्रतियोगितामा वसन्त कुमार गौतमको समूह प्रथम, निरज केसीको समूह द्धितीय र गणेश गौतमको समूह तृतीय स्थान ल्याउन सफल भएका छन् ।
प्रतियोगितामा सहभागी भएर उत्कृष्ट स्थान ल्याउन सफल व्यक्ति तथा समुहलाई प्रमाण पत्रको साथ पुरस्कार उपलब्ध गराईएको वडा कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज १७, २०७९  ०६:१०
प्रतिक्रिया दिनुहोस्