Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दशै‌मा पनि राउटेले भत्ता पाएनन्

२०७९ असाेज १९
tribeni2

दैलेख / दैलेखको भगवतीमाई गाउँपालिका १ बेस्तडा बाबियातडामा बस्दै आएका राउटे समुदायले दशैंको बेलामा पनि सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । भत्ता नपाउँदा राउटे समुदायले दशैँ नरमाइलो भएको बताएका छन् ।

आर्थिक वर्ष २०७९/०८० को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता गुराँस गाउँपालिकाले उपलब्ध नगराएको राउटे मुखिया नारायण शाहीले बताउनुभयो । भत्ता नआएपछि पहिलेजस्तै र सोचेजस्तो दशैँको तयारी गर्न नपाएको शाहीले दुखेसो गर्नुभयो ।

सङ्घीय बजेटबाट गाउँपालिका हुँदै वडामा ढिला बजेट प्राप्त भएको कारण समयमा सामाजिक सुरक्षा भत्ता दिन नसकिएको गुराँस गाउँपालिका वडा नम्बर ८ का अध्यक्ष दिपेन्द्र ओलीको भनाइ छ । शुक्रवार बेलुकीमात्र रकम आएको र आइतवार बैंक बन्द भएका कारण राउटेलाई भत्ता वितरण गर्न नसकिएको उहाँले बताउनुभयो ।

 

प्रकाशित मिति: बुधबार, असोज १९, २०७९  ०७:१०
प्रतिक्रिया दिनुहोस्