Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

चौरजहारी १४ मा लिङगे पिङ सरर ..

पुरानो संस्कृति जोगाउन गाउँमा पिङ
२०७९ असाेज १९
tribeni2

रुकुम पश्चिम / दशैंको अवसरमा रुकुम पश्चिमको चौरजहारी नगरपालिका १४ मा लिङगे पिङ बनाईएको छ । पेशागत जिम्मेवारीकाे शिलशिलामा बिभिन्न स्थानमा रहेका स्थानीयहरु दशैंको अवसरमा जम्मा भएपछि पिङ निर्माण गरेका छन् ।

दशै तिहारमा पिङ हाल्ने, मनोरञ्जन गर्ने कार्यको निरन्तरता दिन र र पुरानो संस्कृति बचाउन पिङ निर्माणमा जुटेको चौरजहारी नगरपालिका १४ स्थायी घर भई शहिदभुमि गाउँपालिका धनकुटामा पशु प्राविधिक सहायक पदमा कार्यरत रमित ओलीले जानकारी दिनुभयो ।

यति बेला गाउँघरमा दशैको रौनक छ । लामो समय भेटघाट हुन नसकेका आमाबुवा, दाजुभाइ, दिदीबहिनी, छरछिमेक, इष्टमित्र लगाएत जम्मा भएर मनोरञ्जन लिने र भेटघाट हुने स्थलका रुपमा सार्वजनिक ठाउँ चौराहामा पिङ निर्माण कार्यमा सरिक भएको सानीभेरी गाउँपालिका १० स्थायी घर भइ चौरजहारी नगरपालिकामा राजस्व शाखामा कार्यरत गणेश खड्काले बताउनुभयो ।

पिङ निर्माण पश्चात गाउँघरका मात्रै नभई आवतजावत गर्ने जो कोहिले पनि रोटेपिङ खेलेर जाने गरेको स्थानीयहरुको भनाइ रहेको छ ।

उहिले बाबियो घाँस बाटेर बनाउने पिङ अहिले भने युवा कर्मचारीहरुको सहयोगमा प्लास्टिकबाट बनाएको स्थानीय खर्कबहादुर खड्काले बताउनुभयो । यसको मुख्य पहल कदमीका लागि बेदबहादुर ओली र दिपक ओलीलाई स्थानीइले धन्यवाद दिएका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १९, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्