Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

सन्दीप लामिछाने आज बिहान १० बजे त्रिभुवन विमानस्थल आईपुग्ने

२०७९ असाेज २०
tribeni2

काठमाडौं / राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेले आफू आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लने बताएका छन् । नाबालिग बलात्कारको आरोप लागेका सन्दीपले गएराती सामाजिक सञ्जालमा आफू कतार एयरवेजमार्फत् नेपाल आउन लागेको जानकारी दिएका हुन् ।

उनले यसअघि नै असोज २० गते स्वदेश आइपुग्ने जानकारी गराएका थिए । आफू स्वदेश फर्कन लागेको जानकारी प्रहरीमा गराइसकेको पनि लामिछानेले बताएका छन् ।

साथै उनले आफूविरुद्ध लागेको आरोपमा हुने अनुसन्धानमा सहयोग गर्न प्रतिबद्ध रहेको पनि बताएका छन् । गएको भदौ २१ गते एक नाबालिगले सन्दीपविरुद्ध बलात्कारको जाहेरी दिएकी थिइन् । भदौ ५ गते सन्दीपले बलात्कार गरेको जाहेरीमा उल्लेख छ ।

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  ०७:१०
प्रतिक्रिया दिनुहोस्