Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

दांग, सल्यान र रुकुमका विभिन्न स्थानमा पहिरो गएपछि राप्ती राजमार्ग अवरुद्ध

२०७९ असाेज २०
tribeni2

सल्यान / लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो गएपछि राप्ती राजमार्ग अवरुद्ध भएको छ ।

राप्ती राजमार्गको रुकुम पश्चिममा पर्ने मुसीकोट - झुल्नेटा खण्ड, तुलसीपुर–अमेलिया सडक खण्ड र दाङ–सल्यान सडक खण्ड पहिरोले बन्द भएको छ ।

मंगलबार साँझबाट भइरहेको वर्षाका कारण रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकाको डाँगिमोड लगायतका ठाउँमा पहिरो झरेपछि राजमार्गको मुसीकोट झुल्नेटा खण्ड अवरुद्ध भएको हो ।

त्यसैगरी पहिरो गएपछि राप्ती राजमार्गअन्तर्गत तुलसीपुर–अमेलिया सडक खण्ड पनि बन्द भएको छ । त्यस्तै दाङ–सल्यान सडक खण्ड पनि पहिरोले बन्द भएको छ । यस सडक खण्डको सल्यानको कपुरकोटमा पहिरो खसेपछि राप्ती राजमार्ग अन्तर्गत दाङ–सल्यान सडक खण्ड बन्द भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

सडक बन्द भएपछि दर्जनौँ गाडी बीच सडकमा रोकिएका छन् ।

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्