Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

पहिरोले त्रिवेणीमा घर र पशुचौपाया पुरिए

२०७९ असाेज २०
tribeni2

रुकुम पश्चिम / लगातारको वर्षाका कारण आएको पहिरोले रूकुम पश्चिममा एक घर पुरिएको छ भने पशुचौपाया मरेका छन् ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा ६ बाँठाकोटमा पहिरो आउँदा स्थानीय पदमबहादुर घर्तिको घरमा पुरिएको छ । लगातारको वर्षाको कारण आएको पहिरोले बुधबार राती घर्तीको दुईतले घर पुरिएर क्षति गरेको हो ।

वडा अध्यक्ष भद्रबहादुर सिर्पालीका अनुसार घरभन्दा माथिबाट आएको पहिरोले पुरिएर घर्तीको दुई तले घर भत्किएर पुर्ण रुपमा क्षति भएको छ भने घरमा रहेका परिवारका लत्ता कपडा र खाद्यन्नमा पनि क्षति भएको छ । पहिरोले घरमा बाँधेर राखेको एउटा बाख्रा पुरिएर मरेको छ भने १५ वटा कुखुरा पुरिएको वडा अध्यक्ष सिर्पालीले जानकारी दिनुभयो । पीडितको पाँच जनाको परिवार अहिले आफन्तको घरमा शरण लिएर वसिरहेको बताईएको छ ।

त्यसैगरी सोहि गाउँमा गंगाराम घर्तिको एउटा गोरु पहिरोमा पुरिएर मरेको छ । भकारोमा बाँधेको एउटा गोरु माथिबाट आएको पहिरोले पुरिएर मरेको हो । बुधबार राती नै सोहि वडाको झ्यामखोलाका धनबहादुर ओलीको गोठ पहिरोले पुरिएको छ ।

वर्षाको कारण आएको पहिरोले गाउँपालिका भित्रका सबै स्थानीय सडक बन्द भएका छन् । ग्रामीण तथा कृषि सडकहरु पहिरोको कारण पुर्ण रुपमा बन्द रहेको र आवजजावत कठिनाइ भएको बताइएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २०, २०७९  १५:१०
प्रतिक्रिया दिनुहोस्