सोसल मिडिया
काठमाडौं / काठमाडौंबाट सोलुखुम्बुको लुक्लातर्फ उडेको दुई वटा हेलिकप्टर खराब मौसमका कारण काभ्रेपलाञ्चोकको खोपासीमा आकस्मिक अवतरण गरिएको छ ।
विदेशी पर्यटक बोकेर लुक्ला उडेको हेलिकप्टरलाई स्थानीय रेशम खेतीको खाली जग्गामा अवतरण गराइएको हो ।
लगातारको वर्षाका कारण मुलुकभरको मौसम खराब भएको छ । हिजोदेखि हवाई उडान पनि प्रभावित भएको काठमाडौं विमानस्थल कार्यालयले जनाएको छ ।