Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
हुम्ला

गाउँपालिकामै पहिलोपटक स्वास्थ्यचौकीमा सुत्केरी

पासाङले पाईन् ३ हजार
हुम्ला २२ बैशाख
tribeni2

हुम्लाको नाम्खा गाउँपालिकाको स्वास्थ्यचौकीमा पहिलोपटक एक महिला सुत्केरी भएकी छन् । गाउँपालिकामै पहिलोपटक नाम्खा ३ केर्मीकी २२ वर्षीया पासाङ लामा स्वास्थ्य चौकीमा सुत्केरी भएकी हुन् ।

पासाङ अस्ती शुक्रबार गाउँपालिकाको केर्मी प्रसुती सेवा केन्द्रमा सुत्केरी भएको स्वास्थ्य शाखा प्रमुख नर भण्डारीले जानकारी दिए । नाम्खामा चारवटा स्वास्थ्य चौकी, ३ वटा सामुदायिक स्वास्थ्य इकाई र पाँचवटा प्रसुति सेवा केन्द्र छन् ।

तर स्वास्थ्य संस्थामा सुत्केरी हुनुपर्छ तथा गर्भजाँच समय समयमा गराउनुपर्छ भन्ने चेतनाको अभावमा यहाँका महिलाहरु स्वास्थ्य संस्थामा जादैनन् ।

पहिलो पटक पालिकामा सुत्केरी भएबापत लोककल्याण संघ नेपाल विभिन्न सहयोग दिएको छ गाउँपालिकाले तीन हजार रकम प्रदान गरेको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  १२:०५
प्रतिक्रिया दिनुहोस्