Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

यी हुन् संघ र प्रदेशमा चुनाव लड्ने कर्णालीका माओवादी नेताहरु

रुकुम पश्चिमको प्रदेश निर्वाचन क्षेत्र 'ख' मा माओवादी र काँग्रेसको आ-आफ्नै दाबी
२०७९ असाेज २२
tribeni2

सुर्खेत / आगामी प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनको लागि नेकपा माओवादी केन्द्रले उम्मेदवारहरु टुंगो लगाएको छ ।

सत्ता गठबन्धनमा भएको भागवण्डाका आधारमा माओवादीले कर्णाली प्रदेशका १२ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ५ वटा पाएको छ भने प्रदेश सभाका २४ सिटमध्ये ९ सिट पाएको छ ।

सिट बाँडफाँड टुंगो लगाएसँगै माओवादी केन्द्रले आफना उम्मेद्वाहरुको समेत टुंगो लगाएको जनाएको छ।

प्रतिनिधिसभातर्फ रुकुम पश्चिममा जनार्दन शर्मा, जाजरकोटमा शक्तिबहादुर बस्नेत, कालिकोटमा महेन्द्रबहादुर शाही, जुम्लामा गोमा कुँवर र हुम्लामा छिरिङ डम्डोल लामा (कार्चेन) लाई उम्मेदवार बनाउने निर्णय भएको छ ।

त्यस्तै प्रदेशसभातर्फ रुकुम पश्चिमको निर्वाचन क्षेत्र (क) मा महेन्द्र केसी र (ख) मा राजकुमार शर्माको उम्मेदवारी माओवादी केन्द्रले टुंग्याएको छ । तर प्रदेश निर्वाचन क्षेत्र 'ख' मा नेपाली काँग्रेसले समेत दाबी नछाडेका कारण सत्ता गठबन्धनको तर्फबाट हालसम्म टुंगो लागेको छैन । दुबै दलका नेताहरुबीच छलफलमा चलिरहेको बताईएको छ ।

सुर्खेत–१, (ख) मा कृष्णबहादुर जिसी र २ को (ख) मा बिन्दमान विष्ट उम्मेद्वार बन्नेछन् । दैलेख–२, (ख) मा उपेन्द्रकुमार रावत उम्मेद्वार बन्नेछन् ।

कालिकोटको (क) मा दुर्गा रावत, डोल्पा (ख) मा वीरबहादुर शाही, हुम्ला (क) मा रणसिङ परियार, सल्यान (क) मा भीमप्रकाश शर्मा र मुगुमा (ख) मा मंगल शाहीलाई माओवादीले उम्मेद्वार बनाएको छ ।

प्रकाशित मिति: शनिबार, असोज २२, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्