रुकुम पश्चिममा प्रतिनिधि सभामा जनार्दन, प्रदेश सभामा महेन्द्र र राजकुमारको उम्मेदवारी दर्ता

रुकुम पश्चिम / नेकपा माओवादी केन्द्र रुकुम पश्चिमले प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागी मनोनयन दर्ता गराएको छ ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर प्रतिनिधि सभाको उम्मेदवारको लागी जनार्दन शर्माले मनोनयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृत खड्क बहादुर केसीले जानकारी दिनुभयो ।

शर्माको प्रस्तावकमा गोपाल शर्मा र समर्थकमा रातो कामी रहनुभएको छ । जनार्दन शर्मा हाल नेपाल सरकारको अर्थमन्त्री समेत रहनुभएको छ ।

यस्तै प्रतिनिधि सभासँगै माओवादी केन्द्रको तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर क को लागी मा महेन्द्र केसीले र प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ख को लागी राजकुमार शर्माको उम्मेदवार दर्ता भएको छ ।

महेन्द्र केसीको प्रस्तावकमा गोपिश्वर केसी र समर्थकमा देविलाल गौतम रहनुभएको छ भने राजकुमार शर्माको प्रस्तावकमा गोविन्द रोका र समर्थकमा देवबहादुर विक रहुनभएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्