एकिकृत समाजवादी रुकुमले प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता नगर्ने

रुकुम पश्चिम / नेकपा एकिकृत समाजवादी रुकुम पश्चिमले प्रत्यक्ष तर्फ उम्मेदवारी दर्ता नगर्ने भएको छ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागी एकिकृत समाजवादीले प्रत्यक्ष तर्फमा गठबन्धनका उम्मेदवारलाई सघाउने जनाएको हो ।

आइतबार जिल्ला अध्यक्ष हरिप्रसाद शर्माले एक विज्ञप्ती जारी गर्दै जिल्लामा संघ र प्रदेशमा प्रत्यक्ष तर्फ गठबन्धनका आधिकारिक उम्मेदवारहरुलाई सघाउने जनाउनुभएको छ ।

त्यसैगरि अध्यक्ष शर्माले समानुपातिक तर्फ भने एकिकृत समाजवादीको कलम चुनाव चिन्हमा मतदान गर्न मतदातालाई आग्रह गर्नुभएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १६:१०
प्रतिक्रिया दिनुहोस्