Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

मेरो उम्मेदवारी राष्ट्रिय एकता र गुणस्तरीय विकासको पक्षमा हो : अर्थमन्त्री शर्मा

२०७९ असाेज २३
tribeni2

रुकुम पश्चिम / अर्थमन्त्री जनार्दन शर्माले राष्ट्रिय एकताको पक्षमा आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।

आईतबार रुकुम पश्चिमस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा प्रतिनिधी सभा निर्वाचनको उम्मेदवारी दर्तापछि पत्रकारहरुसँग कुराकानी गर्नुहुँदै अर्थमन्त्री शर्माले मुलुकको विकास र समृद्धिका लागि राष्ट्रिय एकता आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।

“म सधै राष्ट्रिय एकताको पक्षमा छु,” शर्माले भन्नुभयो, “त्यसपछिको मेरो प्रतिवद्धता भनेको गरिबी न्युनिकरण, रोजगारी र गुणस्तरिय विकासका पक्षमा हो ।” नेकपा माओवादी केन्द्रका उपमहासचिव समेत रहनुभएका शर्माले सत्तारुढ चार दलको तर्फबाट आफूले उम्मेदवारी दिएको जानकारी दिनुभयो ।

चौथो पटक रुकुमबाट निर्वाचनमा उम्मेदवारी दिएकोले जिल्लामा भएका विकासका आधारभूत परिवर्तनहरुको गुणस्तर र दिर्घकालिन विकासका लागि आफूले जोड दिने बताउनुभयो । जिल्लामा राष्ट्रिय योजनाहरुको ल्याउने, सडक, शिक्षा, पूर्वाधार निर्माण, विद्युतिकरण, खानेपानी लगायतका क्षेत्रमा महत्वपूर्ण कदम चालेको समेत उहाँले प्रष्ट पार्नुभयो । उहाँले ग्रामिण अर्थतन्त्रको विकास तथा कृषिलाई उद्योगसँग जोडेर मुलुकको समृद्धि हाँसिल गर्न सकिने उल्लेख गर्नुभयो ।

प्रतिनिधी सभामा शर्मासँगै माओवादी केन्द्रले प्रदेश निर्वाचन क्षेत्रको लागि पनि उम्मेदवारी दर्ता गराएको छ । प्रदेश निर्वाचन क्षेत्र 'क' मा महेन्द्र केसी र 'ख' मा राजकुमार शर्माले उम्मेदवारी दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्