Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

काँग्रेसद्वारा रुकुम पश्चिममा प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदवारी दर्ता

२०७९ असाेज २३
tribeni2

रुकुम पश्चिम / नेपाली काँग्रेस रुकुम पश्चिमले प्रतिनिधी सभा र प्रदेश सभामा उम्मेदवारी दर्ता गराएको छ ।

प्रतिनिधी सभा सदस्यको लागि नेपाली काँग्रेसका केन्द्रिय सदस्य मानबहादुर नेपालीको उम्मेदवारी दर्ता भएको छ ।

त्यसैगरी प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा नेपाली काँग्रेस कर्णाली प्रदेशका महामन्त्री कृष्णबहादुर रोकाय र प्रदेश निर्वाचन क्षेत्र ‘ख’ मा जिल्ला पार्टी सभापति प्रेम प्रकाश ओलीको उम्मेदवारी दर्ता गराएको नेपाली काँग्रेसका जिल्ला सचिव परमेश्वर भण्डारीले जानकारी दिनुभयो ।

केन्द्रीय गठबन्धन संयन्त्रले रुकुम पश्चिमको लागि स्पष्ट निर्णय नगरेकोले पार्टीले उम्मेदवारी दर्ता गराएको भण्डारीले बताउनुभयो ।

प्रकाशित मिति: आइतबार, असोज २३, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्