Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन

रुकुम पश्चिममा पाँच स्वतन्त्र सहित १८ जनाको मनोनयन दर्ता

प्रतिनिधि सभा तर्फ आठ जना र प्रदेश सभा 'क' र 'ख' मा पाँच/पाँच को मनोनय दर्ता
२०७९ असाेज २४
tribeni2

रुकुम पश्चिम / आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि रुकुम पश्चिममा १८ जनाको मनोनयन दर्ता भएको छ । प्रतिनिधि सभा तर्फ आठ जना र प्रदेश सभा 'क' र 'ख' मा पाँच/पाँच को मनोनय दर्ता भएको हो ।

मनोनयन दर्ता गराउनेहरुमा स्वतन्त्र तर्फबाट तीन जनाले प्रतिनिधि सभामा र दुई जनाले प्रदेश सभामा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुख्य निर्वाचन अधिकृत खड्कबहादुर केसीमा अनुसार प्रतिनिधि सभा तर्फ अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा, नेपाली काँग्रेसका केन्द्रिय सदस्य मानबहादुर नेपाली, नेकपा एमालेका जिल्ला अध्यक्ष नन्दराम देवकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपककुमार मल्ल र मंगोल नेशनल अर्गनाजेशन पार्टीका हरिबहादुर पुन रहनुभएको छ ।

युवा नेता तारक केसी, लालबहादुर महत र राजन पाण्डेले स्वतन्त्र तर्फबाट प्रतिनिधि सभा सदस्यको लागि मनोनयन दर्ता गराउनुभएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्वर 'क' तर्फ पाँच जनाको मनोनयन दर्ता भएको छ । चार जनाले दलको तर्फबाट र एक जनाले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार माओवादी केन्द्रका महेन्द्र केसी, नेपाली काँग्रेसका कृष्णबहादुर रोकाय, नेकपा एमालेका नारायण कुमार शाह, राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनोदकुमार शाह र स्वतन्त्रबाट भिमदत्त खड्का रहनुभएको छ ।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र 'ख' तर्फ नेकपा माओवादी केन्द्रका राजकुमार शर्मा, नेपाली काँग्रेसका प्रेमप्रकाश ओली, नेकपा एमालेका कर्णबहादुर घर्ती, राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसी र स्वतन्त्रबाट खड्कबहादुर डाँगीको मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगका अनुसार उम्मेदवारी फिर्ता लिने समय २६ गते तोकिएको छ भने सोहि दिन नै अन्तिम नामावली प्रकाशन हुनेछ ।

 

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्