सोसल मिडिया
रुकुम पश्चिम / नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल क्रान्तिकारी रुकुम पश्चिमले जिल्ला निर्वाचन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।
आइतबार नेकपा बहुमत निकट सम्पूर्ण जनवर्गिय संगठनको तर्फबाट अखिल क्रान्तिकारीले संगठनका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सोमपाल कामीको नेतृत्वमा ज्ञापन पत्र बुझाएको हो ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला निर्वाचन अधिकृत कुमारी रिमा मल्ल समक्ष ज्ञापन पत्र बुझाएको अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज सोमपाल कामीले जानकारी दिनुभयो ।
ज्ञापनपत्रमा भ्रष्टाचारको अभियोगमा प्रमाणित वा गम्भीर आरोपित व्यक्तिहरु, मिटरब्याजको अपराधमा संलग्न व्यक्तिहरु, ठेगेदारको लाइसेन्स लिएका व्यक्तिहरु, शिक्षा र स्वास्थ्य क्षेत्रमा लगानी गरेका व्यक्तिहरु र नेपालमा एमसीसी लागू गराउन विशेष भुमिका खेल्ने, संसदबाट पारित गराउने मुख्य पार्टीका मूख्य नेताहरुलाई प्रत्यक्ष तर्फको उम्मेदवारमा रोक लगाउनुपर्ने माग राखिएको छ ।