Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot
प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन

रुकुम पूर्वमा दल भन्दा बढी स्वतन्त्रको मनोनयन दर्ता

प्रतिनिधि सभामा ६ र प्रदेश सभामा २० जनाको मनोनयन दर्ता
२०७९ असाेज २४
tribeni2

रुकुम पूर्व / रुकुम पूर्वबाट प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागि २६ जनाको मनोनयन दर्ता भएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुमकोटले प्रतिनिधि सभामा ६ जना र प्रदेश सभामा २० जनाको मनोनयन दर्ता भएको जानकारी दिएको छ । उम्मेदवारी दर्ता गराएमध्ये १४ जनाको स्वतन्त्र उम्मेदवारी परेको हो ।

मुख्य निर्वाचन अधिकृत श्यामलाल घिमिरेका अनुसार चार दलिय सत्ता गठबन्धनको तर्फबाट एक वटा निर्वाचन क्षेत्र रहेको प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका पूर्णबहादुर घर्तीले मनोनयन दर्ता गराउनुभएको छ । प्रतिनिधि सभा सदस्यको लागि नेकपा एमालेको तर्फबाट कैलाशकुमार मल्ल, राप्रपाका खिमबहादुर खत्री, मंगोल नेशनल अर्गनाइजेसनबाट रतनबहादुर बुढा, नेश्नलिस्ट पिपल्स पार्टीको तर्फबाट बलबहादुर बुढा र स्वतन्त्रबाट चन्द्रराज झाँक्रिले मनोनयन दर्ता गराउनुभएको छ ।

यस्तै दुई वटा निर्वाचन क्षेत्र रहेको प्रदेशसभा सत्ता गठबन्धन दलको तर्फबाट एउटामा माओवादी केन्द्र र एउटाबाट नेपाली काँग्रेसले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । जस अनुसार प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर 'क' मा माओवादी केन्द्रका तेजबहादुर ओली र निर्वाचन क्षेत्र नम्बर 'ख' मा नेपाली काँग्रेसका धनबहादुर केसीले मनोनयन दर्ता गराउनुभएको छ ।

नेकपा एमालेले प्रदेशसभातर्फ निर्वाचन क्षेत्र नम्बर 'क' मा तेजेन्द्र बुुढा र निर्वाचन क्षेत्र नम्बर 'ख' मा भावना बुढाथोकीको मनोनयन दर्ता भएको छ । त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर 'ख' मा केशवचन्द समाल (मदन शाह) ले मनोनयन दर्ता गराउनुभएको छ । निर्वाचन क्षेत्र नम्बर 'क' मा भने राप्रपाले उम्मेद्वारी दिएको छैन ।

मंगोल नेसनल अर्गनाइजेसनबाट प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर 'क' मा पुरा पुन र निर्वाचन क्षेत्र नम्बर 'ख' बाट लेखन बुढाले उम्मेद्वारी दर्ता गराउनुभएको छ ।

त्यसैगरी प्रदेशसभा निर्वाचनको लागि १३ जनाले स्वतन्त्र तर्फबाट मनोनयन दर्ता गराउनुभएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर 'क' मा रामसुर बुुढामगर, संगम रोका, सुरुल पुन, कालीप्रसाद रोका, ओमकुमारी शाही, दुतकुमार पुनको स्वतन्त्र उम्मेदवारी परेको छ भने निर्वाचन क्षेत्र नम्बर 'ख' बाट गजेन्द्रबहादुर ओली, नरहरी खड्का, भिमबहादुर खड्का, केशव रावल, पूर्णजंग सिंह, दलप्रसाद कामी, सुरेश थापाको मनोनयन दर्ता भएको मुख्य निर्वाचन अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्