Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटमा १४ जनाको उम्मेदवारी दर्ता

२०७९ असाेज २४
tribeni2

जाजरकोट / आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटमा १४ जनाको उम्मेदवारी दर्ता भएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि स्वतन्त्रसहित १४ जनाको उम्मेदवारी परेको हो ।

प्रतिनिधि सभामा ६ जना, प्रदेश सभा क मा ४ र ख मा ४ जना गरी १४ जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधि सभा सदस्यको उम्मेदवारीमा सत्ता गठबन्धनका तर्फबाट माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले गराउनुभएको छ भने प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर क मा नेपाली कांग्रेसका वेदराज सिंह र प्रदेश ख मा नेपाली कांग्रेसकै राजिव विक्रम शाहको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभामा निरज आचार्य, प्रदेश सभा क मा डम्बरबहादुर सिंह र प्रदेश सभा ख मा खिमबहादुर शाहीले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालय जाजरकोटले जनाएको छ ।

यसैगरि नेकपा एकीकृत समाजवादीबाट प्रदेश सभा ख मा कृष्णबहादुर बुढाले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधि सभामा दीपक खनाल, प्रदेश क मा गणेश बटाला र प्रदेश ख मा कृष्णबहादुर शाहीको उम्मेदवारी परेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभामा राजबहादुर शाही र नेपाली कांग्रेस बीपीबाट प्रतिनिधिसभामा झलकनाथ वाग्लले उम्मेदवारी दर्ता गराउनुभएको हो ।
त्यस्तै प्रतिनिधिसभामा स्वतन्त्र रुपमा नरबहादुर कार्कीको उम्मेदवारी परेको छ भने प्रदेश सभा क मा कमान बहादुर खड्काको उम्मेदवारी परेको छ ।

 

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्