Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

जाजरकोटमा दाजु बहिनीसहित तीन बालबालिकाको मृत्यु

२०७९ असाेज २४
tribeni2

जाजरकोट / अविरल वर्षाका कारण जाजरकोटमा आएको पहिरो तथा चट्याङ्गमा परेर तीन जना बालबालिकाको मृत्यु भएको छ ।

लगातारको वर्षाले जुनिचाँदे १० सीर्पा गाउँमा गोठाला गएका एकाघरका दाजु बहिनीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय जयबीर रोकायाका १४ वर्षीय छोरा तिलकबहादुर रोकाया र ११ बर्षीया दलाकुमारी रोकाया रहेका छन् । दाजु बहिनी बाख्रा चराउन जङ्गलमा गएको बेला माथिबाट आएको पहिरोमा परेर मृत्यु भएको बताईएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटना २१ गतेको हो । सञ्चार सम्पर्कका कारण शनिबार मात्र जानकारी पाएर प्रहरी घटनास्थल पुगेर आवश्यक प्रक्रिया पूरा गरेको प्रहरीको भनाई छ ।

त्यसैगरी आईतबार बेलुकाको चट्याङ्गमा परी जिल्लाको छेडागाड नगरपालिका १० खलटाकुराका टकवीर परियारका छोरा १३ वर्षीय राजु परियारको मृत्यु भएको छ ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १४:१०
प्रतिक्रिया दिनुहोस्