Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

काँग्रेस जिल्ला सभापति ओलीले प्रदेश सभा सदस्यको लागि दिएको उम्मेदवारी बिरुद्ध उजुरी

२०७९ असाेज २४
tribeni2

रुकुम पश्चिम / नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले प्रदेश सभा सदस्यका लागि दिएको उम्मेदवारी बिरुद्ध उजुरी परेको छ ।

सोमबार मुख्य निर्वाचन अधिकृतको कार्यालले एक सूचना जारी गर्दै ओली बिरुद्ध उजुरी आएको जानकारी दिएको हो । आईतबार ओलीले प्रदेश निर्वाचन क्षेत्र २ मा प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराउनुभएको थियो । 

ओलीको उम्मेदवारी बिरुद्ध प्रदेश निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिनुभएका राजकुमार शर्माको तर्फबाट प्रतिनिधि ध्रुवबिक्रम बुढाथोकीले उजुरी दिनुभएको हो ।

ओली बिरुद्ध बैकिङ कसुर मुद्धामा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको र निजले कैद भुक्तान नगरेकोले अयोग्य ठहरको माग गर्दै उजुरी दर्ता भएको हो ।

प्रकाशित मिति: सोमबार, असोज २४, २०७९  १९:१०
प्रतिक्रिया दिनुहोस्