Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

उपचार अभावमा गर्भवतीको मृत्यु

tribeni2

हुम्ला / हुम्लामा उपचार अभावमा एक गर्भवती महिलाको मृत्यु भएको छ ।

सोमबार चार दिनदेखि रक्तश्रावले छटपटाइरहेकी सर्केगाड गाउँपालिका–७ रोडिकोटकी २४ वर्षीया पविता शाही छत्यालको उपचार अभावमा मृत्यु भएको हो । उहाँको उद्धारका लागी आएको हेलिकप्टर हुम्ला पुग्न नसकेपछि छत्यालको अत्याधिक रक्तश्रावबाट मृत्यु भएको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले बताउनुभयो ।

उद्धारका लागि सोमबार सुर्खेतबाट उडेको हेलिकोप्टर खराब मौसमका कारण कालिकोटस्थित नेपाली सेनाको ब्यारेकमा अवतरण गरेर डेढ घण्टा रोकिएको थियो । मौसमका सुधार नआएपछि हेलिकोप्टर पुनः सुर्खेतमै फर्र्किएको जनाइएको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १०:१०
प्रतिक्रिया दिनुहोस्