Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

कैलालीमा पत्रकार कुट्ने व्यापारी प्रहरीको फन्दामा

मुलपाटी समाचार
डोटी २३ बैशाख
tribeni2

दिनेश एफएममा कार्यरत पत्रकार जनक विष्टलाई कुटपिट गर्ने धनगढीका व्यापारी तेजेन्द्र थापालाई प्रहरीले पक्राउ गरेका छ ।

आईतवार दिउसोको समयमा विष्टमाथि कुटपिट भएको थियो । कुटपिट गर्ने थापालाई वडा प्रहरी कार्यालयका प्रहरी निरिक्षक वकिल सिंह नेतृत्वको प्रहरी टोलीले धनगढीको एलएन चोकबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पत्रकार बिष्टलाई धनगढीको त्रिनगर माध्यमिक विद्यालयमा थापाले कुटपिट गरेका हुन् । दोषिलाई कार्वाहिको माग गर्दै पत्रकार महासंघ कैलाली, दिनेश संचार गृहले विज्ञप्ती समेत जारी गरको थियो भने सामाजिक संजालमा पनि घटनाको व्यापक रुपमा विरोध आएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २२, २०७६  २२:०५
प्रतिक्रिया दिनुहोस्