Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्वमा ४५० जना म्यादी प्रहरी छनौट (नामावली सहित)

२०७९ असाेज २५
tribeni2

रुकुम पूर्व / जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले म्यादी प्रहरीको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सुरक्षार्थ आह्वान गरेको सूचना अनुसार आज मंगलबार अन्तिम नतिजा सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वले जानकारी दिएको छ ।

म्यादी प्रहरी छनौट तथा नियुक्ति समितिका सदस्य सचिव प्रहरी निरीक्षक कृष्णबहादुर खत्रीका अनुसार ४५० जना उम्म्दवारहरु म्यादी प्रहरीका लागि छनौट भएका छन् । जसमध्य १७२ जना पूर्व सुरक्षाकर्मी र पूर्व म्यादी प्रहरी भएका व्यक्तिहरु हुन् भने २७८ जना अन्य हुन् । ३० जना वैकल्पीक उम्मेदवारको सूचिमा रहेका छन् ।

गत भदौ २६ गतेका दिन म्यादी प्रहरी भर्नाको विज्ञापन भएको थियो । असोज १३ गते लिखित र १४ गते लिईएको अन्तर्वाताबाट सफल भएका म्यादी प्रहरीहरुको अन्तिम नामावली सार्वजनिक भएको हो । सफल उम्मेदवारहरुले असोज २७ गते प्रवेश पत्र र सक्कलै नागरिकता प्रमाण पत्रको साथमा नियुक्ति लिनका लागि उपस्थित हुन प्रहरी कार्यालयले सूचना गरेको छ ।

 

 

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्