नेभिगेशन
राजनीति

प्रदेश सभा सदस्यको उम्मेदवारी दिएका काँग्रेस नेता ओलीको उम्मेदवारी खारेज

रुकुम पश्चिम / नेपाली काँग्रेस रुकुम पश्चिमका सभापति प्रेम प्रकाश ओलीले प्रदेश सभा सदस्यका लागि दिएको उम्मेदवारी खारेज भएको छ ।

मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको उम्मेदवारहरुको नामावलीमा उहाँको नाम छैन । सोमबार ओलीको उम्मेदवारी बिरुद्ध उजुरी दर्ता भएको थियो । आईतबार ओलीले प्रदेश निर्वाचन क्षेत्र 'ख' मा प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दर्ता गराउनुभएको थियो ।

ओलीको उम्मेदवारी बिरुद्ध प्रदेश निर्वाचन क्षेत्र नम्बर 'ख' मा नेकपा माओवादी केन्द्रबाट उम्मेदवारी दिनुभएका राजकुमार शर्माको तर्फबाट प्रतिनिधि ध्रुवबिक्रम बुढाथोकीले उजुरी दिनुभएको थियो।

ओली बिरुद्ध बैकिङ कसुर मुद्धामा एक महिना कैद र जरिवाना हुने ठहरी फैसला भएको र निजले कैद भुक्तान नगरेकोले अयोग्य ठहरको माग गर्दै उजुरी दर्ता भएको थियो ।

बैंकिङ कसुरमा दोषि पाइएपछि उहाँको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । बैंकिङ कसुरमा दोषि ठहरिएकाले उहाँको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचनको अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत कृतबहादुर बोहराले जानकारी दिनुभयो । अन्य कुनैपनि उम्मेदवारका विरुद्ध भने दाबि विरोध नपरेको बोहराले बताउनुभयो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति