नेभिगेशन
समाज

गिठाकोटमा माओवादीका नेता छायाको शालिक अनावरण

रुकुम पश्चिम / माओवादीका दिवंगत नेता टेक बहादुर पुन (छाया)को शालिक अनावरण तथा प्रतिक्षालय उद्घाट गरिएको छ । रुकुम पश्चिम सानीभेरी गाउँपालिका वडा नं २ गिठाकोटमा पुनको शालिक अनावरण तथा प्रतिइाालय उद्घाटन गरिएको हो ।

मध्यपहाडी लोकमार्गको छेउमा निर्माण गरिएको शालिक र प्रतिक्षालय मंगलबार नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य राजकुमार शर्माले उद्घाटन गर्नुभएको हो ।

२०४३ सालबाट विद्यार्थी राजनितिमा सक्रिय पुन निरन्तर रुपमा पार्टीले दिएको विभिन्न जिम्मेवारी पूरा गर्दै माओवादी आन्दोलनमा हुनुहुन्थ्यो । विभिन्न समयमा पार्टीको विभिन्न संगठनमा आबद्ध रहदै पार्टीको सानीभेरी गाउँपालिका अध्यक्ष पदमा बहाल हुँदा कोरोनाका कारण उहाँ २०७८ जेठ २४ गते उपचारको क्रममा दिवंगत हुनुभएको थियो ।

कर्णाली प्रदेश सरकारको १० लाख बजेट र सानीभेरी गाउँपालिकाको ५ लाख बजेटबाट उहाँको शालिक र प्रतिक्षालय निर्माण गरिएको उहाँका छोरा बेदनारायण पुनले जानकारी दिनुभयो ।

प्रतिक्षालय अनावरण गर्दै नेकपा माओवादी केन्द्रीय सदस्य राजकुमार शर्माले टेक बहादुर पुनले देखेको समृद्धिको सपना आफ्नो काँधमा आएको र उक्त सपना आफुले पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले छायाँबाट पार्टीमा रहदा अनुसान¸ धैर्यता¸ त्याग जस्ता थुप्रै कुरा सिकेको समेत बताउनु भयो ।

टेक बहादुर पुन छायाका दाजु मानबहादुर पुनको अध्यक्षतामा संचालन भएको शालिक अनावरण कार्यक्रमको प्रमुख अतिथि नेकपा माओबादी केन्द्रका केन्द्रिय सदस्य राजकुमार शर्मा, विशिष्ट अतिथि नेकपा माओबादी केन्द्र केन्द्रिय लेखा आयोग सदस्य तथा सानीभेरी गाउँपालिका पूर्व अध्यक्ष नरबहादुर पुन, जिल्ला समन्वय उप प्रमुख देव बहादुर विक, नेकपा माओवादी केन्द्रका कर्णाली प्रदेश कमिटी सदस्य धनबिर ओली, सानीभेरी गाउँपालिकाका अध्यक्ष बिर्खबहादुर विष्ट, उपााध्यक्ष कमला रोका, गाउँपालिकाका प्रवक्ता पहलसिंङ घर्तीमगर लगाएतको आतिथ्यता रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज