Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिमका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारको नामावली प्रकाशन

२०७९ असाेज २५
tribeni2

रुकुम पश्चिम / आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका उम्मेदवारहरुको नामावली प्रकाशन गरिएको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय रुकुम पश्चिमले मंगलबार १७ जना उम्मेदवारहरुको नामावली प्रकाशन गरेको हो । जसअनुसार प्रतिनिधि सभा सदस्यमा आठ जना, प्रदेश सभा निर्वाचन क्षेत्र ‘क’ मा पाँच जना र ‘ख’ मा चार जनाको नामावली कायम भएको छ ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधि सभा सदस्यमा माओवादी केन्द्रका जनार्दन शर्मा, स्वतन्त्रबाट तारक केसी, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिपक कुमार मल्ल, नेकपा एमालेका नन्दराम देवकोटा, नेपाली काँग्रेसका मानबहादुर नेपाली, स्वतन्त्रबाट राजन पाण्डे, स्वतन्त्रबाट नै लालबहादुर महत र मंगोल नेशनल अर्गनाईजेशनका हरीबहादुर पुनको उम्मेदवारी कायम रहेको छ ।

त्यसैगरी प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ‘क’ मा नेपाली काँग्रेसका कृष्णबहादुर रोकाया, नेकपा एमालेका नारायण कुमार शाह, स्वतन्त्रबाट भिमदत्त खड्का, नेकपा माओवादी केन्द्रका महेन्द्र केसी र राष्ट्रिय प्रजातन्त्र पार्टीका बिनोद कुमार शाहको उम्मेदवारी कायम भएको छ ।

प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’ मा नेकपा एमालेका कर्णबहादुर घर्ती मगर, स्वतन्त्रबाट खड्कबहादुर डाँगी, राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्जल केसी र नेकपा माओवादी केन्द्रका राजकुमार शर्माको उम्मेदवारी कायम भएको जनाईएको छ ।

निर्वाचन आयोगका अनुसार असोज २६ गतेका दिन भोली उम्मेदवारको नाम फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र चुनाव चिन्ह प्रदान गर्ने तालिका रहेको छ ।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  १९:१०
प्रतिक्रिया दिनुहोस्