Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

तीन दिनदेखि सुत्केरी व्यथा लागेकी महिलाको हेलिकप्टर मार्फत उद्धार

२०७९ असाेज २५
tribeni2

रुकुम पश्चिम / सुत्केरी व्यथा लागेकी एक गर्भवती महिलाको रुकुम पश्चिमबाट हवाई उद्धार गरिएको छ ।

रोल्पाको परिवर्तन गाँउपालिका वडा नम्वर ६ की २२ बर्षिया पवित्रा पुनलाई मंगलबार हेलिकप्टर मार्फत सुर्खेत पठाईएको हो ।

तीन देखि सुत्केरी व्यथा लागेकी पुनलाई मंगलबार बिहान जिल्ला अस्पताल सल्ले ल्याईएको थियो । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष टेक बहादुर कुसारीका अनुसार लामो समयसम्म सुत्केरी व्यथाले थलिएकी पुनको स्वास्थ्य अवस्था जोखिममा रहेकोले चिकित्सको सल्लाह अनुसार हेलिकप्टर मार्फत सुर्खेत पठाइएको हो ।

जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमकाे पहलमा सुत्केरी व्यथा लागेकी महिलालाई थप उपचारको लागि सुर्खेत पठाईएको अध्यक्ष कुसारीले जानकारी दिनुभयो ।

प्रकाशित मिति: मंगलबार, असोज २५, २०७९  २१:१०
प्रतिक्रिया दिनुहोस्