Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पश्चिममा ७७५ जना म्यादी प्रहरी छनौट

tribeni2

रुकुम पश्चिम / जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले म्यादी प्रहरीको अन्तिम नतिजा सार्वजनिक गरेको छ ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन सुरक्षार्थ आह्वान गरेको सूचना अनुसार  मंगलबार अन्तिम नतिजा सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार ७७५ जना उम्म्दवारहरु म्यादी प्रहरीका लागि छनौट भएका छन् भने १२५ जना वैकल्पीक उम्मेदवारको सूचिमा रहेका छन् ।

गत भदौ २६ गतेका दिन म्यादी प्रहरी भर्नाको विज्ञापन भएको थियो । सफल उम्मेदवारहरुले असोज २९ गते आवश्यक प्रमाणपत्रको साथमा नियुक्ति लिनका लागि उपस्थित हुन प्रहरी कार्यालयले सूचना गरेको छ ।

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  ११:१०
प्रतिक्रिया दिनुहोस्