Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुममा काँग्रेसका सबै उम्मेदवारहरुको नाम फिर्ता

२०७९ असाेज २६
tribeni2

रुकुम पश्चिम / आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दिएका नेपाली काँग्रेसका सबै उम्मेदवारहरुले आफ्नो नाम फिर्ता लिएका छन् । बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उनीहरुले नाम फिर्ता लिएका हुन् ।

सत्ता गठबन्धनमा रहेका दलहरु मध्य नेकपा माओवादी केन्द्रको भागमा रुकुम पश्चिममा रहेकाे एक प्रतिनिधि सभा र दुई प्रदेश सभा परेपछि केन्द्रीय कार्यालयको निर्देशन अनुसार जिल्लामा दिईएको सबै उम्मेदवारी फिर्ता लिईएको पार्टी सचिव परमेश्वर भण्डारीले जानकारी दिनुभयो ।

काँग्रेसका तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य मानबहादुर नेपाली र प्रदेश निर्वाचन क्षेत्र 'क' मा उम्मेदवारी दिएका नेपाली काँग्रेस कर्णाली प्रदेशमा महामन्त्री कृष्णबहादुर रोकायाले नाम फिर्ता लिनुभएको हो । प्रदेश निर्वाचन क्षेत्र 'ख' मा उम्मेदवारी दिनुभएका जिल्ला सभापति प्रेम प्रकाश ओलीको उम्मेवारी दाबी बिरोधमा परेपछि खारेजी भएको थियो ।

त्यसैगरी स्वतन्त्र तर्फबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिनुभएका लालबहादुर महत र स्वतन्त्रबाट प्रदेश निर्वाचन क्षेत्र 'ख' मा उम्मेदवारी दिनुभएका खड्कबहादुर डाँगीले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । प्रदेश सभा निर्वाचन क्षेत्र 'क' मा उम्मेदवारी दिनुभएका भिमदत्त खड्काले पनि उम्मेदवारी फिर्ता लिनुभएको छ । 

सत्ता गठबन्धनको तर्फबाट रुकुम पश्चिममा प्रतिनिधि सभा सदस्यमा जनार्दन शर्मा, प्रदेश सभा क्षेत्र 'क' मा महेन्द्र केसी र 'ख' मा राजकुमार शर्माको उम्मेदवारी कायम रहेको छ ।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १३:१०
प्रतिक्रिया दिनुहोस्