Suchi darta bafikot Suchi darta bafikot
Suchi darta bafikot Suchi darta bafikot

रुकुम पूर्व : आठ जनाको उम्मेदवारी फिर्ता

२०७९ असाेज २६
tribeni2

आसन्न मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको लागि रुकुम पूर्वमा उम्मेदवारी दिएका आठ जना उम्मेदवारले नाम फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको अन्तिम नामावली अनुसार उम्मेदवारी फिर्ता लिनेहरूमा प्रदेश प्रदेश निर्वाचन क्षेत्र 'क' बाट उम्मेदवारी दिनुभएका रामसुर बुढा मगर, संगम रोका मगर, ओमकुमारी शाही (मल्ल) र कालिप्रसाद रोका मगरले उम्मेदवारी फिर्ता लिनु भएको छ ।

यसैगरी प्रदेश निर्वाचन क्षेत्र 'ख' बाट प्रदेश सभा सदस्यको लागि उम्मेदवारी दिनुभएका गजेन्द्रबहादुर ओली, दलप्रसाद कामी, भीमबहादुर खड्का र सुरेश थापाले उम्मेदवारी फिर्ता लिनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्वतन्त्र तर्फबाट उम्मेदवारी दर्ता गराएका प्रतिनिधि सभा सदस्यमा चन्द्रराज झाँक्री मगर, प्रदेश 'क' मा सुरुल पुन मगर र दुतकुमार पुन मगर, प्रदेश 'ख' मा केशव रावल, नरहरि खड्का, पूर्णजंङ सिंहको भने उम्मेदवारी कायमै रहको छ ।

प्रकाशित मिति: बुधबार, असोज २६, २०७९  १७:१०
प्रतिक्रिया दिनुहोस्